म्याग्दी समाचार

२०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाइने

म्याग्दी, ५ पुष । म्याग्दीको पर्यटन प्रर्वद्धनका लागि वि.स २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाइने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मंगलबार बेनीमा बसेको बैठकले म्याग्दी भ्रमण वर्ष २०७५ मनाउने निर्णय भएको हो । स्थानीय तह, सरोकारवाला संघ संस्थासंग सहकार्य गरेर म्याग्दी भ्रमण वर्ष मनाउन लागिएको संघका महासचिव... पुरा पढ्नुहोस

मिजार समाजद्धारा क्यान्सर पिडीतलाई आर्थिक सहयोग

म्याग्दी, ४ पुष । मिजार समाज म्याग्दीले क्यान्सर रोगबाट थलीएकी एक महिलालाई मंगलबार आर्थिक सहयोग गरेको छ । आन्द्रामा क्यान्सर भएर थलीएकी बेनपा २ बाङगेराकी ४८ वर्षिया सुकमाया किसानको औषधी उपचारका लागि दश हजार पाँच सय रुपैया सहयोग गरेको हो । समाजका अध्यक्ष सुकलाल किसान, उपाध्यक्ष भवीराम किसान, कोषाध्यक्ष कुलबहादुर... पुरा पढ्नुहोस

सासंदलाई ज्यामरुकोटमा भव्य स्वागत

बेनी, ४ पुष । बेनी नगरपालिका २ ज्यामरुकोटका मतदातालाई धन्यबाद दिन पुगेका प्रतिनिधि र प्रदेश सभामा नवनिर्वाचित साँसदहरुलाई स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् ।   स्थानीयबासीले साँसदद्धय थापा र केसीलाई फुल, माला र अबिर लगाएर बाजागाजा सहित भव्य स्वागत गरेका थिए ।मतदातालाई धन्यवाद दिन गाउँमा पुगेका सांसदहरुलाई स्वागतका साथै स्थानीय... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको झिँ देखि पाखापानीसम्मको सडक फराकिलो बनाउने कार्य तिब्र

म्याग्दी, ४ पुस ।म्याग्दीको रघुगंगा गाउँपालिकाले ग्रामिण सडकलाई फराकिलो बनाउने अभियान थालेको छ । चालु आर्थिक बर्षमा गाउँपालिका कार्यालयले रघुगंगा गाउँपालिका–५ झिँदेखि वडा नम्बर ६ पाखापानी सम्मको सडकलाई फराकिलो बनाउन विनियोजन गरेको बजेटबाट अहिले धमाधम सडकलाई चौडा बनाउने कामले तिब्रता पाएको हो । बेनी नगरपालिका–१० पात्लेखेत र रघुगंगा गाउँपालिकाको वडा... पुरा पढ्नुहोस

राज्यलाई बुझाएको हतियार १६ बर्षसम्म पनि फिर्ता भएन

  म्याग्दी, ४ पुस । तत्कालिन माओवादी द्धन्द्धको समयमा १६ बर्ष अगाडी राज्यलाई बुझाएको हतियार यहाँका एक व्यक्तिले फिर्ता लैजान पाएका छैनन् । जिल्लाको धौलागिरि गाउँपालिका–१ गुर्जाका रिद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशन अनुसार २०५८ साल फागुन २० गते बेनीमा रहेको कालिप्रसाद गणलाई एकनाले भरुवा बन्दुक बुझाएका थिए । सरकारको आग्रहलाई... पुरा पढ्नुहोस

सांसदद्धय थापा र पुनद्धारा कुहुँ र बाबियाचौरका मतदातालाई धन्यवाद (फोटो फिचर)

म्याग्दी ३ पुष । म्याग्दीका नवनिर्वाचित सांसदहरुको टोलीले सोमबार मंगला गाउँपालीका १ कुहुँ र २ बाबियाचौरका मतदातालाई गाउँमै पुगेर धन्यवाद दिनुभएको छ ।मतदातालाई धन्यवाद ज्ञापन गर्नका लागि नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले कुहुँ र बाबियाचौरमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले स्थीर... पुरा पढ्नुहोस

बाल विकासको विषयमा लिटील गार्डेन एकेडेमीका अभिभावकलाई अभिमुखीकरण

म्याग्दी, ३ पुस । बेनीमा रहेको लिटील गार्डेन एकेडेमीको आयोजनामा सोमबार बालविकासमा अभिभावकको भुमिका विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा टिसी स्टार प्रा.लीका शिक्षा तथा मनोविद रमेश पराजुलीले पढाईमा रुची निर्माण र वातावरण व्यवस्थापनको विषयमा प्रशिक्षण दिनुभएको थियो । डेढ सय जना अभिभावकहरु कार्यक्रममा सहभागी थिए ।... पुरा पढ्नुहोस

व्यापार सहकारीको पाँचौ साधारणसभा सम्पन्न

बागलुङ, १ पुस  ।  राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले जनतालाई आर्थिक रुपमा सम्पन्न गराउनका लागि व्यापार गर्न प्रोत्साहित गर्नु पर्नेमा जोड दिनु भएको छ । व्यापार बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको पाचौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।  व्यापार भनेको पसल... पुरा पढ्नुहोस

महोत्सवलाई म्याग्दीको सम्भावनाहरु चिनाउने माध्ययम बनाउँछौँः अध्यक्ष कर्माचार्य (भिडियो अन्र्तवार्ता)

म्याग्दी, ३ पुस । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा बेनीमा हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीलाई तिब्र पारिएको छ । महोत्सवलाई म्याग्दीको सम्भावनाको उजागर गर्ने माध्ययमको रुपमा सञ्चालन गर्ने संघको तयारी छ । माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म महोत्सवका साथै... पुरा पढ्नुहोस

म्याग्दीका कलाकार गर्वुजा र बुढाथोकिले भने “माया लाँउ भन, लाँउला नभन“ (भिडियो सहित )

म्याग्दी, ३ पुस । राष्ट्रिय रुपमै चर्चा कमाउन सफल म्याग्देली कलाकार गायक खड्ग गर्बुजा र गायीका लाली बुढाथोकीले ‘मायाँ लाँउ भन लाँउला नभन’ बोलको लोकदोहोरी गित बजारमा ल्याउनुभएको छ । गायक गर्वुजा र गायीका बुढाथोकीको स्वरमा रहेको सो गितको म्युजिक भिडियो सहित युट्युब मार्फत गितलाई बजारमा ल्याईएको हो । विहानी... पुरा पढ्नुहोस