म्याग्दी समाचार

देश र समाजको सेवामा हामी एकजुट छौँः एनआरएनए बहराईनका अध्यक्ष पुन (भिडियो)

म्याग्दी, २४ कात्तिक । बहराईनमा रहेका म्याग्देली र नेपालीहरुको अबस्था के छ ? प्रवासमा रहेका नेपालीहरुले आफ्नो गाउँ ठाउँमा आईपर्ने समस्या समाधान र विभिन्न सामाजिक कार्यहरुमा कसरी सहयोग जुटाउँछन् ? यस बिषयमा एनआरएनए बहराईनका अध्यक्ष एवम म्याग्दी उद्धार समिति बहराईनका प्रमुख सल्लाहकार लालप्रसाद पुनसंग गरिएको कुराकानी । हेरौँ भिडियो सहित... पुरा पढ्नुहोस

म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी

म्याग्दी, २४ कात्तिक । जिल्ला निर्वाचन कार्यालयले आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मतको दर घटाउन मतदाता शिक्षा अभियान सञ्चालन गर्ने तयारी गरेको छ । मतदान केन्द्र स्तरमा परिचालन हुने स्वमसेवकहरुलाई शुक्रबारदेखि सदरमुकाम बेनीमा मतदाता शिक्षा सम्बन्धि तालीम दिन सुरु भएको छ ।... पुरा पढ्नुहोस

म्याग्दीअनलाईन कर्मी बुढाथोकीलाई पीतृशोक

म्याग्दी, २४ कात्तिक । म्याग्दीअनलाईनकर्मी हिरा बुढाथोकीलाई पीतृशोक परेको छ । म्याग्दीको धौलागिरी गाउँपालिका– ५ मल्कबाङको भेडीखाल्टा घर भई हाल तनहुँको दुलेगौंडामा बस्दै आउनुभएका बुढाथोकीका बुबा दलबहादुर बुढाथोकीको बुधवार निधन भएको हो । सामाजिक व्यक्तित्वको रुपमा पहिचान बनाएका ६५ बर्षिय बुढाथोकीको निधनप्रति म्याग्दीअनलाईनले गहिरो दुख व्यक्त गरेको छ । अनलाईनका संयोजक... पुरा पढ्नुहोस

ठाडखानीमा रहेको विद्यालय समस्यामा, बालबालिका टहरामा पढ्न बाध्य (फोटो फिचर)

म्याग्दी, २४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालीका–६ ठाडाखानीमा रहेको मालीका आधारभुत विद्यालय आर्थिक र भौती संकटमा परेको छ । निजी स्रोतका शिक्षकहरुको तलब सुविधा जुटाउन नसकेर संकटमा परेका विद्यालयका बालबालिकाहरु प्रयाप्त भवन नहुँदा अस्थायी टहरामा बसेर अध्ययन गर्न बाध्य भएका हुन् । प्रावि तहको ३ जनाको दरबन्दि रहेको विद्यालयमा ४... पुरा पढ्नुहोस

वाम गठबन्धनको प्रदेशसभा २ नम्बरमा अभियान जारी

वाम गठबन्धनको प्रदेशसभा अन्तर्गत २ नम्बर क्षेत्रमा अभियान जारीरहेको छ । आसन्न चुनावमा तालमेल र त्यसको लगत्तै पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त टोलीले प्रदेशसभा २ अन्तर्गत विभिन्न ठाउँमा चुनावी अभियानलाई तिब्रता दिएको छ । वाम गठबन्धनको टोलीले बिहीबार मङ्गला गाउँपालिका–२ हिदी, १ नम्बर वडाको थाईबाङ... पुरा पढ्नुहोस

वाम गठबन्धनको सालिजा र लेखफाँटमा घरदैलो र कोणसभा

पर्वत २४ कात्तिक । प्रदेशसभा क्षेत्र नम्बर १ पर्वतका वाम गठबन्धनका साझा उम्मेदवार नेत्र अधिकारी सहितको टोलीले विहिवार जलजला ५ लेखफाँट र ६ सालिजामा कोणसभा र घरदैलो सम्पन्न गरेको छ ।वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य अधिकारीले जलजला गाउँपालिका कृषि खेतीमा उर्वर भूमि भएकाले यसको व्यवसायिक र आधुनिकिकरण... पुरा पढ्नुहोस

कृषि ,यातायात र पर्यटनको बिकास पहिलो प्राथमिकताः उम्मेदवार तुलाचन

मुस्ताङ आउँदो मंशिर १० गते हुँने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र माओवादीकेन्द्रको संयूक्त बामगठबन्धनले दोश्रो चरणको चुनाबी घरदैलो अभियान सुरुआत गरेका छन् ।सो क्रममा बामगठबन्धन समर्थित सयौ कार्यकर्ता र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारले बिहिवार मुस्ताङ सदरमुकाम जोमसोममा मतदाताको घरदैलोमा पुगेर प्रतिबद्धता सहित आफु र आफ्नो पार्टीलाई... पुरा पढ्नुहोस

गलेश्वरमा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन

म्याग्दी, २३ कात्तिक । बेनी नगरपालिका–९ गलेश्वरमा निर्मित सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ ‐मोना) जापान, न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था र गलेश्वर शिवालय क्षेत्र विकास कोषको लगानीमा निर्मित भवनको बिहिबार एक कार्यक्रमका विच मोना अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापा, धौलागिरि सहकारीका... पुरा पढ्नुहोस

निर्वाचन आयोगबाट मतदाता शिक्षा सामाग्री आएन

म्याग्दी, २३ कात्तिक । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएपनि म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेको छैन् । आयोगले अहिलेसम्म पनि मतदाता शिक्षा कार्यक्रमको लागि आबश्यक पर्ने प्रचार र सहयोगी सामाग्री उपलब्ध नगराएको कारण मतदाता शिक्षा कार्यक्रम अन्यौलमा परेको हो । ग्रामीण... पुरा पढ्नुहोस

देश बिकासको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदानः गर्वुजा

म्याग्दी, २४ कात्तिक । आगामी मंसिर १० गने हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचनको लागि मत माग्न लोकतान्त्रिक गठवन्धनका उमेद्वारहरु मतदाताहरुको घर दैलोमा पुगेका छन ।बीहिवार बेनी नगरपालिका वडा १ रत्नेचौरमा भएको चुनाबी आमसभालाई सम्बोधन गदै नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधि सभा सदस्यका उमेद्वार खम्वीर गर्बुजाले लोकतन्त्रलाई संस्थागत... पुरा पढ्नुहोस