म्याग्दी समाचार

कालीगण्डकीले कोप्चेपानीमा रहेको विद्यालय भवन बगायो

म्याग्दी ३० साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ कोप्चेपानी स्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा भवन कालीगण्डकीले बगाएको छ । कालीगण्डकीले धार परिवर्तन गरेर कटान गर्दा बुधबार बिहान छ कोठे कक्षा कोठा भवन बगाएको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताउनुभयो । कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा बिस जना विद्यार्थीहरु... पुरा पढ्नुहोस

मर्मतपछि बेनी–जोमसोम सडक सूचारु

म्याग्दी २९ साउन ÷ दर्जनौ ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मंगलबार साँझदेखि खुलेको छ ।७६ किलोमिटर दुरीको सडकको बेनी देखि घाँसा खण्डमा पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको थियो । सडक खुलेपछि मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु गन्तब्यतर्फ... पुरा पढ्नुहोस

बेनीमा बम विष्फोटको आवाज, लम्लिहिल नजीकैको जंगलबाट निस्कीयो धुवाको मुस्लो (फोटो फिचर)

म्याग्दी, २९ साउन । म्याग्दी सदरमुकाम बेनी नजिकै बम विष्फोट भएको छ । आज साँझ करिब ६ बजेर ५ मिनेट जाँदा बेनी आसपासमा बम विष्फोट भएको ठुलो आवाज आएपछि सर्वसाधारण त्रसित बनेका छन् । बम विष्फोटको आवाज लगत्तै बेनी नजीकै रहेको पर्यटकीय लभ्लिहिल जाने बाटोमा रहेको जंगलबाट धुँवाको मुस्लो निस्कीएको... पुरा पढ्नुहोस

उद्यान निर्माणको लागि मंगला गाउँपालिकालाई करिब रु ४० लाख बराबरको जग्गा सहयोग (फाेटाे फिचर)

म्याग्दी, २९ साउन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा बालबालिका तथा ज्येष्ठ नागरिक पार्क निर्माणको लागि करिब रु ४० लाख बराबरको जग्गा प्राप्त भएको छ । मंगला गाउँपालिका–२ बावियाचौर घर भई हाल काठमाण्डौ निवासी क्याप्टेन इन्द्र बहादुर अधिकारीले ३ रोपनी, १५ आना ३ पैसा २ दाम क्षेत्रफलको जग्गा निःशुल्क रुपमा... पुरा पढ्नुहोस

गलेश्वर मन्दिरमा एक महिनामै १३ लाख बढी भेटि संकलन

म्याग्दी, २९ साउन । प्रसिद्ध धार्मिक स्थल बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा साउन महिनामा कुल रु १३ लाख २७ हजार ४५२ भेटी संकलन भएको छ । साउन महिनामा परेका चार वटा सोमबारमा पुजा गर्न आएका भक्तजनहरुबाट उक्त भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बम बहादुर पुनले बताए ... पुरा पढ्नुहोस

ऋखार क्षेत्रमा भक्तजनको स्वागतार्थ जनश्रमदानमा गेट तयार

म्याग्दी, २९ साउन । सप्तऋषिले तपस्या गरेको पूण्यभूमि ऋखारमा पुजापाठ र दर्शनका लागि आउने भक्तजनका लागि स्वागत गेट बनाईएको छ । रघुगंगा गाउँपालिका– ८ दुवाडीमा ऋखार संरक्षण तथा सुधार समिति र देउराली आमा समूहको ७ लाख रुपैयाँ नगद र जनश्रमदानमा स्वागत गेट बनाईएको हो । उक्त गेट भाद्र ५ गते... पुरा पढ्नुहोस

तिजको अवसरमा बेनीमा छात्रा फुटबल प्रतियोगिता

बेनी, २९ साउन । जिल्ला खेलकुद विकास समिति म्याग्दीले आधा आकास ढाकेका महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा म्याग्दी खेलकुद कप छात्रा फुटबल प्रतियोगिताको आयोजना गरेको छ । समितिले मंगलबार कार्यालयमा पत्रकार सम्मेलन मार्फत आगमी भदौ २५,२६ र २७ गते छात्रा फुटबलको आयोजना गर्न लागेको जानकारी दिएको... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी २९ साउन । दर्जनौ ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमालीजिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मंगलबार बिहानदेखि अवरुद्ध बनेको छ । ७६ किलोमिटर दुरीको सडकको बेनी देखि घाँसा खण्डमा पहिरोका कारण सवारी आवागतम अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदाँ मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु बाटोमै... पुरा पढ्नुहोस

बेनीमा विहानै विष्फोटको आवाज, बन्दले जनजिवन प्रभावीत

बेनी २९ साउन । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित भएको छ । केही दिनअघि पक्राउ गरिएका नेकपाका प्रवत्ता खड्काबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायत नेता कार्यकर्ताको बिना सर्त रिहाईको माग गर्दै बन्दको आव्हान गरेको हो । बन्दका कारण बेनीबाट लामो तथा छोटो दुरीमा चल्ने... पुरा पढ्नुहोस

गलेश्वरधामा साउन महिनामा एक लाख बढी भक्तजन भित्रिए (भिडियो सहित)

म्याग्दी, २८ साउन । बेनी नगरपालीका –९ मा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनामा १ लाख बढी भक्तजनद्धारा पुजा अर्चना भएको छ । भगवान शिबको बिषेश पुर्जा हुने साउन महिनाका चार वटा सोमबारमा गरि करिब १ लाख २० हजारको हाराहारीमा भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको... पुरा पढ्नुहोस