बेनपाका उपभोक्तालाई तालिम

  • १८ कार्तिक २०७५, आईतवार
  • 1961 पटक पढिएको

बेनी १८ कात्तिक । बेनी नगरपालिकाले योजना कार्यान्वयनलाई पारदर्शी, प्रभावकारी, दिगो र सहज बनाउन उपभोक्ताहरुलाई तालिम दिन सुरु गरेको छ । चालु आर्थिक वर्ष ०७५/७६ का लागि बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनको तयारी स्वरुप वडा स्तरमा जनप्रतिनि, उपभोक्ता र सरोकारवालाहरुलाई योजना सञ्चालन सम्बन्धि अनुशिक्षण तालिम दिन सुरु गरेको हो ।

शुक्रबार १ नम्बर वडा रत्नेचौरका उपभोक्ता र सरोकारवालाहरुलाई तालिम दिएको नगरपालिकाले सोमबार ७ नम्बर वडामा तालिम सञ्चालन गर्ने नगरपालिकाका सूचना अधिकारी इञ्जिनियर बिमलरञ्जन कार्कीले जानकारी दिनुभयो ।

योजना शाखाका वुद्धीराम शर्मा, लेखा अधिकृत मिनबहादुर बानिया, इञ्जिनियर कार्की र योजना शाखाका चन्द्रदत्त शर्माले उपभोक्ता समिति गठन प्रक्रिया, योजना, लेखा व्यवस्थापन, फरफारक र प्राबिधिक विषयमा सहजिकरण गर्नुभएको थियो ।

वडा अध्यक्ष टेकबहादुर रावलको अध्यक्षता र वडा सचिव रमेश पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले विकास योजना तथा कार्यक्रमलाई पारदर्शी, छिटो, छरिटो, सहज र दिगो बनाउन तालिमले सहयोग पु¥याउने बताउनुभयो ।