सुरेशको उपचारका लागि कोरियाबाट सहयोग
- १७ कार्तिक २०७५, शनिबार
- 1773 पटक पढिएको
बेनी १७ कात्तिक । दुवै मृगौलाले काम गर्न छाडेपछि थलिएका मंगला गाउँपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारका लागि दक्षिण कोरीयाबाट आर्थिक सहयोग प्राप्त भएको छ । १९ वर्षिय छन्त्यालको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) कोरीयाले एक लाख ७२ हजार रुपैया सहयोग प्राप्त भएको हो ।
दक्षिण कोरीयामा आर्थिक संकलनमा संयोजन गर्नुभएका धवलागिरी गाउँपालिका ७ ताकमका सुनेश केसीका दाजु दिनेशले कोषका अध्यक्ष राजे शाक्य मार्फत सुरेशकी आमा सितालाई नगद हस्तान्तरण गर्नुभएको थियो ।
अलका अस्पताल काठमाडौमा डायलाइसीस गराइरहेका सुरेशको मृगौला प्रत्यारोपणको तयारी भएको छ । उनको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुबाट करिब २५ लाख रुपैया आर्थिक सहयोग संकलन भएको कोषले जनाएको छ ।