म्याग्दी समाचार

५ दिन अघि फेला परेको बेवारिसे सबको पहिचान हुन सकेन्

म्याग्दी, १५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजामा ५ दिन अघि फेला परेको वेवारिसे सबको पहिचान हुन सकेको छैन् । पुस ११ गते दरमिजा गाउँदेखि तल रहेको भिरबाट लडेर मृत्यु भएको अवस्थामा भारतीय मुलको नागरिकको शब फेला परेको थियो । भिरमा लडेको अबस्थामा फेला परेको सबलाई उद्धार गरि सब परिक्षणको... पुरा पढ्नुहोस

दलित वर्गको बजेट र त्यसको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम

अमित विश्वकर्मा म्याग्दी १५ पुस । म्याग्दीको बेनीमा संयुक्त राजनीतिक दल संघर्ष समिति म्याग्दीको आयोजनामा स्थानीय तहमा प्राप्त लक्षित दलित वर्गको बजेट र त्यसको कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । कार्यक्रमा प्रमुख अतिथी नेकपाका नेता एवम् पूर्व सभासद् गोविन्द पौडेलले नेपाल छुवाछुत मुक्त... पुरा पढ्नुहोस

बेनीमा मिनी म्याराथन, आर्य र करुणा भए बिजयी ( फोटो फिचर)

म्याग्दी, १५ पुस । म्याग्दी सदरमुकाम बेनीमा आईतवार अन्तर मावि स्तरीय मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । लिटल गार्डेन एकेडेमीद्वारा आयोजित प्रतियोगितामा ८ किलोटिर दुरीको मिनी म्याराथन दौड प्रतियोगितामा छात्रतर्फ राष्ट्रिय माध्यामिक विद्यालय नेप्टेचौरका आर्य खत्री प्रथम हुन सफल भएका छन् । उनले २६ मिनेटमा दौड पुरा गरेका थिए... पुरा पढ्नुहोस

अन्नपूर्णमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

  बेनी १५ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ ।पुष २४ देखि २७ गतेसम्म दानाको ज्ञानप्रकाश माविमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिनुभयो । विद्यालय स्तरका... पुरा पढ्नुहोस

दन्त शिविरबाट चार सय लाभान्वित ( भिडियो सहित)

बेनी १४ पुष । प्रवासीहरुको सहयोगमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना र धवलागिरी गाउँपालिका ६ मराङमा सञ्चालित निशूल्क दन्त शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्ड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले स्थानीय तहसँगको समन्वयमा आयोजना गरेको शिविरबाट चार सय बीस जनाले... पुरा पढ्नुहोस

गलेश्वर शिवालय र जेष्ठ नागरिक आश्रमको साधारणसभा (फाेटाे फिचर)

बेनी १४ पुष । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १३ औ कार्यकारी र गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको आठौ वार्षिक साधारणसभा शनिबार गलेश्वरमा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पारदर्शीता र व्यवस्थापनका हिसाबले गलेश्वर देशकै नमुना धार्मिक स्थल भएको र यसबाट अरुले पनि पाठ सिक्नुपर्ने बताउनुभयो ।... पुरा पढ्नुहोस

फलामेडाँडामा वन्यजन्तु संरक्षण सम्बन्धी अन्तरक्रिया

बेनी १४ पुष । जलजला गाउँपालिका ५ फलामेडाडाँमा प्रकृति संरक्षण संस्थाको आयोजनामा शनिबार वन्यजन्तु संरक्षण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडाका सबै कल्वका अध्यक्ष र सचिवहरुको सहभागिता रहेको कार्यक्रममा वन्यजन्तु र मानवको दन्द्ध न्युनीकरण तथा संरक्षणको उपायका विषयमा छलफल भएको थियो । कार्यक्रममा १५ जनाको सहभागिता... पुरा पढ्नुहोस

टे«ड युनियन काग्रेसको मैत्रीपुर्ण वनभोज

म्याग्दी, १४ पुस । नेपाली काँग्रेसको सुवेच्छुक संगठन नेपाल टे«ड यूनियन म्याग्दीले मैत्रीपुर्ण वनभोज शनिवार सम्पन्न गरेको छ । ४३ औँ मेलमिलाप दिवसको अवसरमा आयोजित सो कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काग्रेस म्याग्दीका सभापती खमबहादुर गुर्वजा – खमविर)ले जिल्लामा पाटीलाई अघि बढाउन नयाँ योजनासहित अघि बढेको बताए । उनले काँग्रेस भित्रको... पुरा पढ्नुहोस

बेनीमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल सुरु (भिडियो सहित)

म्याग्दी, १४ पुस । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । क्याम्पसको २८ औँ बार्षिकोत्सवको अवसरमा क्याम्पसको मुल आयोजना र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा अन्तर क्याम्पस गण्डकी प्रदेश स्तरीय भबिलव प्रतियोगिता आयोजना सञ्चालन गरिएको हो । https://youtu.be/u1X0qy9fLuc शनिवारदेखि सुरु भएको पुरुष भलिबल... पुरा पढ्नुहोस

भूतपूर्व सैनिक सहकारीको तेह्रौ बार्षिक साधारणसभा : विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ती

बेनी १४ पुष । म्याग्दीको सदरमुकाम बेनी बजारबाट कारोबार गर्दै आएको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौ बार्षिक साधारण सभाको अवसरमा ४ जना विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण गरिएको छ । सरकारी क्याम्पस तथा स्कूलमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुलाई साधारण सभाको अवसरमा छात्रवृत्ती वितरण गरिएको हो । म्याग्दी... पुरा पढ्नुहोस