कोराना भाइरस संक्रमणबाट जोगिन राखु भगवतीमा जनचेतनामुलक र्‍याली

  • २४ फाल्गुन २०७६, शनिबार
  • 2260 पटक पढिएको

म्याग्दी, २३ फागुन । कोराना भाइरसको संक्रमणबाट जोगिन रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । रेडक्रस भगवती उपशाखा, मुक्तिधाम मावि, नर्थस्टार बोडिङस्कुलका विद्याथीहरुको उपस्थितमा कोरोनासम्वन्धी जनचेतनामुलक र्‍याली गरिएको हो।

राुख मैदान हुदै शिरशिरे डाडाँ, अधेरीखोला, पखटोल, साझपानी, सिजलगाउँ लगायतका गाउँमा कोरना सम्वन्धी जनचेतनामुलक नाराहरु लगाउदै र्‍याली गरिएको शिक्षक नवराज केसीले जानकारी दिए ।

सबैमा पुर्व सचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा रेडक्रस भगवतीका शाखाका सभापति एकेन्द्र केसी, सविच रामचन्द्र सुवेदी, विद्यालयका शिक्षक, भगवती स्वास्थ्य चौकीका प्रतिनिधि, स्थानीयहरुको उपस्थित रहेको थियो ।