म्याग्दी समाचार

एक वर्षमा २९ हजार पर्यटकले घुमे म्याग्दी

  म्याग्दी ९ साउन ।  एक वर्षको अवधिमा २९ हजार जनाभन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । अघिल्लो वर्ष २०७८/७९ मा सात हजार नौ सय २६ जना विदेशी पर्यटकले भ्रमण गरेको म्याग्दीमा गत आर्थिक वर्ष २०७९/८० मा २९ हजार तीन सय २८ जना पर्यटकले भ्रमण गरेका हुन् । जिल्ला... पुरा पढ्नुहोस

शतक बर्ष अघिको कथा बस्तुलाई समेटिएको तीज गीत‘छोरी’ म्युजिक भिडियोमा (भिडियाे सहित)

म्याग्दी ९ साउन । एक सय बर्ष अघिको कथा बस्तुलाई समेटेर तयार गरिएको तीज गीत ‘छोरी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । म्याग्देली कलाकार नकुल ढकालको शब्द तथा लय संकलनमा तयार भएको छोरी गीतको म्युजिक भिडियोमा तत्कालिन प्रधानमन्त्री चन्द्र शम्शेर राणाले सति प्रथा उन्मुलन गरेको सन्दर्भ समेतलाई जोडिएको छ... पुरा पढ्नुहोस

म्याग्दीका उतकृष्ट तीन सामुदायिक वन पुरस्कृत

  म्याग्दी, ९ साउन । डिभिजन वन कार्यालय म्याग्दीले जिल्ला उतकृष्ट तीन सामुदायिक वनलाई पुरस्कृत गरेको छ। मंगलबार डिभिजन कार्यालयको सभाहलमा गत आर्थिक बर्षको बार्षिक प्रगतिको सार्वजनिक एवम् पुरस्कार वितरण कार्यक्रम आयोजना गरी उतकृष्ट तीन सामुदायिक वन, कर्मचारी र पत्रकारलाई पुरस्कृत गरेको हो । कार्यालयले रघुगंगा गाउँपालिका वडानम्वर ८ को... पुरा पढ्नुहोस

करेन्ट लागेर एक युवाको मृत्यु

म्याग्दी ८ साउन । म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानको रुम हुक्लाङडाँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ग्रामिण विजुलि वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाईबर विछ्याउने क्रममा करेन्ट लागेर चितवन रत्ननगर नगरपालिका ९ का २६ बर्षिय अशोक तामाङ बेहोस भएका थिए । करिब ६ फिट तल खसेर सक्त... पुरा पढ्नुहोस

सवारी कारवाहीबाट ७३ लाख राजश्व संकलन

  म्याग्दी, ८ साउन । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले सवारी कारवाहीबाट गतवर्ष ७३ लाख २७ हजार पाँचसय रुपैयाँ राजश्व संकलन गरेको छ। आर्थिक बर्ष २०७९/०८०मा ट्राफिक प्रहरीले ९ हजार दुईसय सवारी साधनलाई कारवाही गरेको थियो । प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलका अनुसार गत बर्षमा ट्राफिक नियम उल्लघंन गर्ने, मादक पदार्थ... पुरा पढ्नुहोस

सिमी टिप्न व्यस्त कृषक (फोटो फिचर)

म्याग्दीको मंगला गाउँपालिका –२ सल्यानमा सिमी टिप्न व्यस्त बनेका कृषकहरु । यहाँ व्यावसायिक रुपमा सिमीको खेती हुने गरेको छ । तस्बिरः कमल खत्री पुरा पढ्नुहोस

गलेश्वर वृद्धाश्रमलाई लायन्स क्लव अफ बेनी मल्लाजको सहयोग

  बेनी, ८ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई पर्वतको जलजला गाउँपाकिलामा रहेको लायन्स क्लव अफ बेनी मल्लाजले सोमबार खाद्यान्न सहयोग गरेको छ । क्लवले गलेश्वर जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुको लागि आश्रम सञ्चालक समितिलाई चार बोरा चामल, दई प्याक खानेतेल, एक बोरा दाल, ४० केजी... पुरा पढ्नुहोस

राखु भगवतीमा ‘एक घर एक धारा’

  म्याग्दी, ८ साउन । मिटर जडित ‘एक घर एक धारा’ निर्माणले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा खानेपानी वितरणमा सहज बनाएको छ । पहिले भन्दा अहिले मिटर जडित खानेपानी वितरणले दैनिक रुपमा घरमा खानेपानी सहज रुपमा आएको रघुगंगा– २ राखु पखटोलकी लक्ष्मी खत्रीले बताउनुभयो । घर–घरमा खानेपानी सहज उपलब्ध हुदाँ... पुरा पढ्नुहोस

रत्नेचौरका नौ जना युवा माओवादी केन्द्रमा प्रवेश

बेनी, ७ साउन । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका नौ जना युवा शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रत्नेचौरमा आयोजित कार्यक्रममा टिका किसान, भुवन थापामगर, गोरे किसान (हेमलाल), केशर गिरी, सुरत ककिसान, दिले बहादुर किसान, रोशन किसान, किसोर किसान र सन्दिप नेपाली माओवादीमा प्रवेश गरेका हुन् । नेकपा माओवादी... पुरा पढ्नुहोस

म्याग्दीमा ६ हजार दुईसय हेक्टरमा र्सिचाई सुविधा

  म्याग्दी, ४ साउन । म्याग्दीमा खेतीयोग्य जमिनमा विस्तार्रै िसचाई सुविधाको पहुँच बढ्दै जान थालेको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो समय खेतीयोग्य जमिनमा र्सिचाई सुविधा बढ्दै गएको हो । हिमाली जिल्ला म्याग्दीमा ७० प्रतिशत कृषकले आकाशेपानीको भरमा खेती गर्न बाध्य छन् । म्याग्दीमा ६... पुरा पढ्नुहोस