बराहपाखो सामुदायिक वनमा डढेलो, नियन्त्रणमा सकस ( तस्बिर)

  • ५ चैत्र २०८०, सोमबार
  • 1243 पटक पढिएको

म्याग्दीको बेनी बजार स्थित बराहपाखो सामुदायिक वन क्षेत्रमा सोमबार भिषण डढेलो लागेको छ । बेनी बजार नजीकै रहेको हुलाकचोक माथिबाट सुरु भएको आगलागीले बराहपाखो सामुदायिक वनको अधिकाँश क्षेत्रमा नोक्सानी भएको छ । आगजनी भएपछि , नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल प्रहरी, बेनी नगरपालिकाका नगर प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी, सामुदायिक वनका उपभोक्ता , जनप्रतिनिधि, सर्वसाधारण लगायतले आगलागीलाई नियन्त्रणमा लिएका थिए । वनमा लागेको आगलागी न्युरोड क्षेत्रमा बस्तीमै आउने जोखिम बढेपछि आगलागीलाइ नियन्त्रणमा लिन बेनी नगरपालिकाको दमकल समेत प्रयोग गरिएको थियो । जिल्लामा पछिल्लो समय डढेलोको समस्या बढेको छ