कुमारी बैंककाे प्रकाश माविमा वित्तिय साक्षरता

  • ७ चैत्र २०८०, बुधबार
  • 183 पटक पढिएको

कुमारी बैंक बेनी शाखाले म्याग्दीको सदरमुकाम बेनीस्थित प्रकाश माविमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । विद्यार्थीलाई वित्तिय संस्थाको पहुँचमा पु¥याउने उदेश्यले बैंकको सामाजिक उत्तरदाहित्व अन्तरगत कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई वित्तिय ज्ञान प्रदान गरेको हो ।

‘आफ्नो पैसाको रक्षा गरौँ, आफ्नो भविष्यको सुरक्षा गरौँ’नाराका साथ ग्लोबल मनी वीक २०२४ को अवसरमा वित्तीय साक्षरता प्रवर्दधन गरिएको शाखा प्रबन्धक मिलनकुमार श्रेष्ठले बताउनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वित्तिय जोखिम, बैकिङ प्रणालीका बारेमा जानकारीसँगै फजुल खर्च न्यूनिकरण गदैं बचत गर्ने बानीको विकास लगायतका बारेमा जानकारी गराइएको शाखा प्रबन्धक श्रेष्ठको भनाई छ ।

कार्यक्रममा बैंकमार्फत उपलब्ध बचत तथा कर्जा योजना, वित्तीय कारोबारको महत्व, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा रेमिट्यान्स, पारिवारिक बजेट तथा योजना लगायतका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक सहित ६० जनाको सहभागिता रहेको थियो