ताजा अपडेट

वडामा नेकपाको संयन्त्र

बेनी, २८ असोज । नेपाल कम्प्युनिष्ट पार्टी (म्याग्दी)ले आईतबार बेनी नगरपालिका, अन्नपूर्ण र मालिका गाउँपालिकामा वडा स्तरीय संयन्त्र गठन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला संयन्त्रका गोविन्द पौडेल लगायतका नेताहरुको उपस्थितिमा हाँडेभीर स्थित पार्टी कार्यालयमा नगर स्तरीय संयन्त्रका प्रमोद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वडा... पुरा पढ्नुहोस

थापालाई अन्नपुर्ण बासीको माग प्रर्यटन पुर्वधारमा विकास

म्याग्दी, २८ असोज । म्याग्दी जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका संम्सद भुपेन्द्र बहादुर थापालाई अन्नपुर्ण गाउपालिका का बासिन्दाले प्रर्यटन पुर्वधार विकासको माग गरेका छन् । अन्नपुर्ण गाउँपालिकामा भएका विभिन्न प्रर्यटकीय स्थान हरुको अवलोकन भ्रमण क्रममा जानु भएका थापालाई अन्नपुर्ण बासीहरुले सञ्चालनमा रहेका सामुदायिक लज मा खानेपानि को समस्या भएको र पर्यटकहरु हिड्ने... पुरा पढ्नुहोस

दशैँलाई लक्षित गरि करिब १७ हजार भेडाच्याङ्ग्रा निकासी

बेनी, २९ असोज । दशैँलाई लक्षित गरि यहाँबाट करिब १७ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महिनौ लगाएर ल्याईएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो । दशैँलाई लक्षित गरि यो बर्ष १६ हजार ७०० भेडाच्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा... पुरा पढ्नुहोस

गुर्जा हिमालको आधार शिविरबाट मृतक पर्यटकहरुको शब उद्धार

  म्याग्दी, २८ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणको क्रममा आधार शिविरमै आँधीहुरीमा परेर ज्यान गुमाएका ९ जना पर्यटकहरुको शब आईतबार उद्धार गरिएको छ । आईतवार सिम्रीक एयरको हेलिकप्टर मार्फत गुर्जा हिमालको आधार शिविरबाट मृतकहरुको शबलाई पोखरा लागिएका हो । तालिम प्राप्त टोली र स्थानीयको सक्रियतामा... पुरा पढ्नुहोस

सिद्ध सहकारीको अध्यक्षमा बरुवाल चयन

म्याग्दी, २७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको सिद्ध बहुउदेश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा तथा पहिलो अधिबेशन शनिवार सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा बिमल बरुवाल, उपाध्यक्षमा अर्जुन बरुवाल, सचिब रामकृष्ण खड्का, सह–सचिब राजाराम बरुवाल र कोषाध्यक्षमा मेखबहादुर खड्का चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा मिरा बरवाल, बुकबहादुर... पुरा पढ्नुहोस

हिमआँधिमा परेर वेपत्ता भएकाको चार दिनपछि शव भेटियो

म्याग्दी, २८ असोज । धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधिमा परेर वेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलीकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीहरुको टोलीले पहाडको खोचँबाट नौ जनाको शव संकलन गरेका हुन् । आधार शिविरमा संकलन भएको शवहरुलाई गुर्जामा ल्याएर एकिन र... पुरा पढ्नुहोस

मिलन म्याग्दीको १४औं वार्षिक साधारणसभा

म्याग्दी, २७ असोज  ।  मिलन म्याग्दीको शनिबार सदरमुकाम बेनीमा १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले गैरसरकारी संघसंस्थाहरु राज्यको सहयोगी निकाय भएको बताएका छन् । उनले राज्य पुग्न नसकेका ठाउँहरुमा पुगेर नागरिकलाई सेवासुविधा उपलब्ध गराउनुपर्ने भन्दै समाजमा सचेतनामूलक र दीगो विकासका कार्यक्रमहरु सञ्चालन गरी... पुरा पढ्नुहोस

राधाकृष्ण कृषि सहकारीको तीन करोड कारोबार

बेनी २७ असोज । बेनी नगरपालिका २ खबरामा रहेको राधाकृष्ण कृषि सहकारी संस्थाले गत आर्थिक वर्ष २०७४÷७५ मा तीन करोड १५ लाख १६ हजार रुपैयाँ आर्थिक कारोबार गरेको छ । सहकारीको शुक्रबार भएको ११ औ साधारणसभामा गत आर्थिक वर्षमा एक करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन र दुई करोड २८... पुरा पढ्नुहोस

शान्ति समाजको साधारणसभा सम्पन्न

बेनी २७ असोज । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको सोहे वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरुले मानवअधिकारको रक्षाका लागि राज्य जिम्मेवार र नागरीकले आफ्नो दायीत्व बोध गर्नुपर्नेमा जोड दिएका थिए । पमुख अतिथि जेष्ठ नागरिक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले सरकारले जेष्ठ नागरिकका लागि... पुरा पढ्नुहोस

अपडेटः गुर्जा हिमालको फेदीमा ८ पर्यटकको शब भेटियो, आईतवार हेलीकप्टर मार्फत उद्धार गरिने

म्याग्दी, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित सात हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणको लागि आधार शिविरमा पुगेका ९ पर्यटक र पथपदर्शक मध्ये ८ जनाको शब भेटिएको छ । हिमाल आरोहणको लागि आधार शिविर पुगेका ४ जना दक्षिण कोरियाली र ३ जना नेपाली तथा पदयात्राको लागि पुगेका... पुरा पढ्नुहोस