ताजा अपडेट
अमरज्योती माविको ६१ औ वार्षिकोत्सव मनाईयो
- 11 महिना, 8 दिन अगाडि
- २१ माघ २०८०, आईतवार
डाडागाउँ, २१ माघ । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले आइतबार ६१ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गाउँबाट बसाईसराई कम गर्नका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड दिनुभयो । आधारभूत विकासका पूर्वाधारको सुविधा र अवसर सिर्जना गरेर गाउँबाट सहर र विदेशिने... पुरा पढ्नुहोस
धौलागिरि आधार शिविर जाने पर्यटकलाई ‘सेतिनी भ्याली’मा होटलको सुविधा
- 11 महिना, 8 दिन अगाडि
- २१ माघ २०८०, आईतवार
म्याग्दी, २१ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकहरुलाई लक्षित गरेर होटल सञ्चालनमा आएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोलाको सेतिनी भ्यालीमा युवा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याउनुभएको हो । धौलागिरि आधार शिविरलाई लक्षित गरि सञ्चालनमा ल्याइएको टोड्के–धौलागिरि पानोरमा पदमार्ग, धौलागिरि आइसफल पदमार्ग र धौलागिरि... पुरा पढ्नुहोस
दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन
- 11 महिना, 8 दिन अगाडि
- २१ माघ २०८०, आईतवार
साधन राम्जाली /धनिलाल गर्बुजा बेनी । जिल्लाको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना,बागलुङद्धारा एक करोड ५९ लाख ७८ हजार रुपैयाँ लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । ... पुरा पढ्नुहोस
नागरिकलाई खुसी बनाउन विकास संगै सुशासन चाहिन्छ : काँग्रेस नेता पौडेल
- 11 महिना, 8 दिन अगाडि
- २१ माघ २०८०, आईतवार
बेनी २१ माघ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुशासनले मात्रै नागरिकलाई खुसी र सन्तुष्टि दिने सकिने बताउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीले आइतवार बेनीमा आयोजना गरेको समुदायमा काँग्रेस अभियान अन्तरगत संवाद कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेसका युवा नेता समेत रहनुभएका नेता पौडेलले विकासले मात्रै... पुरा पढ्नुहोस
बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
- 11 महिना, 8 दिन अगाडि
- २१ माघ २०८०, आईतवार
बेनी, २२ माघ ः म्याग्दीका थप दुई वटा सडक स्तरोन्नतिका लागि आइतबार बहुबर्षीय ठेक्का आव्हान भएको छ । मंगला गाउँपालिकाको बरंजा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला र बेनी नगरपालिकाको २ र ३ नम्बर वडाको हाडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोले मुसुङ सडक स्तरोन्नति योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । चालुु आर्थिक वर्षमा रु.... पुरा पढ्नुहोस
समुदायको गुनासो सुन्न आज बेनीमा काँग्रेसको सार्वजनिक सुनुवाई
- 11 महिना, 8 दिन अगाडि
- २१ माघ २०८०, आईतवार
म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोकमा आइतबार नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत सार्वजनिक सुनुवाईको आयोजना गरिएको छ । प्रतिनिधिसभाका सदस्य तथा यूवा नेता प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा हुने सुनुवाई कार्यक्रममा म्याग्दीबासीले अपेक्षा, सुझाव र गुनासा राख्न पाउने कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठले बताए । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव... पुरा पढ्नुहोस
पुनहिल कपको उपाधि माछापुच्छ्रे र समीर सुनचाँदीलाई
- 11 महिना, 8 दिन अगाडि
- २१ माघ २०८०, आईतवार
पुन समाज नेपालको आयोजनामा भएको खुल्ला पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे, पोखरा भेट्रान र समीर सुनचाँदीले उचालेको छ । शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे गाउँपालिकाले पुन समाज कावासेतीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो । माछापुच्छे्रले पहिलो सेटमा २५–८ को सहज निकाल्दा दोस्रो सेट... पुरा पढ्नुहोस
म्याग्दी पोखरा चौतारीको नयाँ नेतृत्व चयन : अध्यक्षमा डा. मेखबहादुर खत्री
- 11 महिना, 8 दिन अगाडि
- २१ माघ २०८०, आईतवार
म्याग्दी पोखरा चौतारीको वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले डा. मेखबहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको पोखरामा भएको अधिवेशनबाट पूर्व प्रहरी उपरीक्षक समेत रहेका डा. खत्रीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिकाे वरिष्ठ उपाध्यक्षमा गोपाल घिमिरे, उपाध्यक्ष कुलवीर राम्जाली, महासचिव झलकनाथ शर्मा, सचिव गोकर्ण... पुरा पढ्नुहोस
गण्डकी प्रदेशभरको रुट परमिट पाउने भएपछि यातायात व्यवसायीको दिपावली
- 11 महिना, 9 दिन अगाडि
- २० माघ २०८०, शनिबार
बेनी, २० माघ । गण्डकी सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० जारी गर्दै हलुका सवारी साधनले पनि प्रदेशभर स्थायी रुट प्रमिट पाउने व्यवस्था गरेपछि विभिन्न जिल्लाका यातायात व्यवसायीले दिपावली गरेका छन् । माघ १८ गते गण्डकी प्रदेश राजपत्रमा प्रकाशित नियमावलीमा यस अघी हलुका सवारी चालकका लागि दिईंदै आएको... पुरा पढ्नुहोस
बिकु फ्यामिलि कालोलाई उपाधि
- 11 महिना, 9 दिन अगाडि
- २० माघ २०८०, शनिबार
म्याग्दी,माघ २० गते । बिकु कप फुटबल प्रतियोगिता–२०८० को उपाधि आयोजक बिकु फ्यामिलि कालोले जितेको छ । बिकु फ्यामिलिले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बिुक फ्यामिलि सेतोलाई २–० गोलले पराजित गर्दै बिकु फ्यामिलि कालोले उपाधि माथि कब्जा जमाएको हो । माघ १६ गतेदेखि शुरु भएको फुटबल प्रतियोगितामा २४ टिमको... पुरा पढ्नुहोस