ताजा अपडेट

जन्मदिनका अवसरमा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई सहयोग

म्याग्दी १ असार । म्याग्दीको बेनी बजार निवासी दिलबहादुर केसीले आफ्नो जन्मदिनको अवसरमा गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमका ज्येष्ठ नागरिकहरुलाई सहयोग गर्नुभएको छ । धवलागिरि गाउँपालिका–६ मराङमा जन्मिएर हाल बेनीमा बसोबास गर्दै आउनुभएका ७८ बर्षिय आश्रमका बृद्धबृद्धाहरुलाई जनही नगद रु ५ सय सहयोग गर्नुभएको हो । शुक्रवार ज्येष्ठ नागरिक आश्रम... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीको पार्टी स्कुलिङ कार्यक्रम सञ्चालन

म्याग्दी १ असार । नेकपा (माओवादी केन्द्र) म्याग्दीको पार्टी स्कुलिङ कार्यक्रम सञ्चालन भएको छ । पार्टीको स्कुल विभागको आयोजनामा सदरमुकाम बेनीमा सञ्चालन भएको उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रममा पार्टीको जिल्ला समन्वय समिति, पालिका कमिटी र जनवर्गीय संगठनबाट प्रतिनिधित्व रहने गरि सहभागी गराईएको छ । स्कुलिङ कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस

सिंगा तातोपानीमा झोला सिलाई तालिम

  बेनी, १ असार । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा बिहिबार आधारभूत झोला सिलाई तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत जेठ १ देखि ३२ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा कपडा सिलाएर विभिन्न आकारमा झोला बनाउने सिप प्रदान गरिएको थियो ।... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा बजेट अभाव

म्याग्दी, १ असार । धवलागिरी गाउँपालिकाको निर्माणधिन प्रशासकीय भवनमा बजेट अभाव भएको छ। गाउँपालिकाले वडा नम्बर ३ घट्टेखोलामा निर्माणधिन भईरहेको भवनमा संघीय सरकारबाट आउनपर्ने बजेट समयमै नआएको कारण भवन निर्माण प्रभावित बन्ने जोखिम बढेको र समयमै सम्पन्न नहुने समस्या बढ्दै गएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । संघीय सरकारको ६०... पुरा पढ्नुहोस

बसेललाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश

  म्याग्दी, ३२ जेठ । जिल्ला अदालत म्याग्दीले मोटरसाईकल राईडर प्रभाव बसेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जवरजस्ती करणी, अपहरण र शारिर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका बसेललाई विहिबार भएको बहसपछि अपहरण र शरिर बन्धक सम्बन्धी मुद्धामा २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको हो... पुरा पढ्नुहोस

बजेट कटौतीले सम्पन्न योजनाको भुक्तानीमा समस्या

म्याग्दी, ३२ जेठ । म्याग्दीका स्थानीय तह पनि बजेट कटौतीले अप्ठयारोमा परेका छन्। संघीय सरकारले तेस्रो चौमासिकमा स्थानीय तहको बजेट कटौती गर्दा योजनाको भुक्तानीमा समस्या भएको हो । तेस्रो चौमासिकको वित्तीय समानीकरण अनुदानबाट आउने रकमबाट ५० प्रतिशत बजेट कटौती गर्दा चालू बर्ष सम्पन्न भएका योजनालाई अन्तिममा भुक्तानी दिन समस्या भएको... पुरा पढ्नुहोस

आमा समूहसँग उपमेयर’ कार्यक्रम मार्फत महिलालाई सिपमुलक तालिम

  बेनी, ३२ जेठ । महिलालाई आत्मनिर्भर बनाउन ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ अन्तरगत बेनी नगरपालिकाको वडा नम्बर ९ मा महिलालाई सिपमुलक तालिम दिएको छ। बेनी नगरपालिकाको आर्थिक सहयोग, वडा नम्बर ९ को कार्यालयको समन्वय र उत्साही आमा समूहको आयोजनामा तोरीपानीमा आलुको चिप्स र नेप्टेचौरमा घतान मुल आमा समूहको आयोजनामा नमकिन... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सिधा सवारी सूचारु

बेनी, ३१ जेठ :  बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सिधा सवारी सूचारु भएको छ । सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो । मंगलवार राति करिब १० बजेबाट अबरुद्ध बनेको सिधा यातायात आज दिउँसो दुईबजेटबाट सुचारु भएको अन्नपूर्ण–२ का वडा अध्यक्ष ओम फगामीले... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक मा सिधा सवारी अवरुद्ध

म्याग्दी ३१ जेठ । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।     सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष... पुरा पढ्नुहोस

नयाँ सदस्य थप्दै म्याग्दी सहकारीले मनायो १६ औं स्थापना दिवस

म्याग्दी ३१ जेठ । काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलवार संस्थाको कार्यालयमा १६औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष थदेवी पुनको अध्यक्षता तथा उपाध्यक्ष सुशिला शेरचनको स्वागत भाषणमा सम्पन्न भएको यस कार्यक्रममा संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थितिमा संस्थाको शेयर खरिद गरी नयाँ सदस्य... पुरा पढ्नुहोस