नेबिसंघ म्याग्दीद्धारा खेलाडीलार्ई सम्मान

  • ३ भाद्र २०७४, शनिबार
  • 1207 पटक पढिएको

म्याग्दी, ३ भदौ । नेपाल बिद्यार्थि संघ म्याग्दीले खेलाडीलाई शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । राजधानि राष्टिय दैनिक काठमाडौंले आयोजना गरेको तारा (आर्चरी) खेलमा ३५ जना सहभागी भएको खेलमा अरुलाई पछि पार्दै च्याम्पियन बन्न सफल भएका म्याग्दीका राज पुर्जा र बङ्गलादेशको ढाकामा सम्पन्न भएको टेकवान्दो प्रतियोगीतामा नेपालबाट सहभागी भई स्वर्ण पदक बिजेता म्याग्दीका चन्द्र बुढा, गौरव घर्तिमगर, प्रज्वल शेरचन र मार्सल गर्बुजालाई सम्मान गरेको हो ।

नेपाली काग्रेसका सभापति खम बहादुर गर्बुजाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्दै गर्बुजाले म्याग्दीका खेलाडीले नेपालमा मात्रै नभएर विदेशमा समेत म्याग्दीलाई चिनाउन सफल भएको भन्दै खेलाडीलाई धन्यवाद दिए । नेपाली काग्रेसका  पुर्व सहसभापती नेत्र महत, सचिव क्या मिन बहादुर कार्की, सदस्य माधव रेग्मी, केबि भण्डारी, महादिवेशन प्रतिनिधि तथा नेबि संघका पूर्व सभापति भरत बहादर रकाल, लोकतान्त्रिक खेलकुद संघ म्याग्दीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ (दिपु) र खेलाडीको तर्फबाट बुढाले मन्तव्य राखेका थिए । नेबि संघका सदस्य बिशाल खत्रिले स्वागत गरको कार्यक्रमको सभापति नेबि संघ म्याग्दीका कार्यवाहक अध्यक्ष निर्मल खत्रिको रहेको थियो भने सञ्चालन म्याग्दी बहुमुखी क्यापसका नेबि संघका सचिव हरिकृष्ण आचार्यले गरेका थिए ।