नेपाल राष्ट्रिय शिक्षक संगठन रघुगंगाको अध्यक्षमा थापा

  • २० भाद्र २०८१, बिहीबार
  • 83 पटक पढिएको

नेपाल राष्ट्रिय शिक्षक संगठन रघुगंगा गाउँ समितिको अध्यक्षमा सुरेश थापा निर्वाचित हुनुभएको छ । पिप्लेमा शनिवार सम्पन्न समितिको तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा कप्रसाद थापा, मेघा रिजाल,सचिवमा विनोद प्रसाद शर्मा, सहसचिवमा जुना परियार, कोषाध्यक्षमा हिमाल मल्ल र सह कोषाध्यक्षमा लक्ष्मण पुर्जा चयन हुनुभएको छ । समितिको सदस्यहरुमा नवीन पुन, प्रभात सुवेदी , रामचन्द्र घर्ती ,निशा केसी, सीता बिश्वकर्मा, माया केसी, रुक्मेणी सुवेदी ,सर्मिला रुचाल, कुमार पुर्जा लगायत रहनुभएको छ ।

समितिका अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षतामा भएको अधिवेशनको संगठनका केन्द्रिय उपाध्यक्ष जंगबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको थियो । अधिवेशनमा शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदी, संगठनका जिल्ला अध्यक्ष लेखबहादुर हमाल, उपाध्यक्ष रमेशसिंह ठकुरी, नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष झलक आचार्य, रघुगंगा गाउँपालिका– ३ का वडा अध्यक्ष खिमबहादुर शाही लगायतले मन्तव्य राख्नुभएको थियो ।