संरक्षकहरुका लागि आयआर्जनमा सहयोग
- २६ चैत्र २०८०, सोमबार
- 883 पटक पढिएको
मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन आयआर्जन मुलक सामाग्री तथा बाख्रा सहयोग गरिएको छ । लिड्स नेपालले भिसेन्टे फेरर फाउण्डेशन, स्पेनको सहयोगमा म्याग्दीमा रहेका मानसिक रोगका विरामीका संरक्षकहरुलाई आयआर्जनमा सघाउन बाख्रा, अदुवाको बिउ, टनेल, खानेपानी ट्याङ्की र पाईप वितरण गरेको हो । बेनी नगरपालिका ४ डाँडाखेत र वडा नम्बर ६ छापमा रहेका २५ जना संरक्षकहरुको परिवारलाई प्रतिघर पाठी सहितको माउ बाख्रा सहयोग गरिएको छ ।
साथै, डांडाखेतमा २० महिला र ३ पुरूष संरक्षकहरूको लागि २ दिने ब्यबसायिक तालिम सम्पन्न गरेको छ। तालिम मोदि गांउपालिकाकी कृषि अधिकृत मनिषा गौतमले प्रदान गर्नु भएको थियो। संरक्षकहरूको दीगो आर्थिक श्रोतको प्रबन्ध र सहयोगबाट उनिहरूलाई गरिबिको चपेटाबाट मूक्त गर्ने उद्देष्य रहेको लिड्स नेपालका जिल्ला कार्यक्रम संयोजक निशा महतले जानकारी दिनुभयो ।




