लागु औषध र मेला पर्व शान्ति सुरक्षाको चूनौती बनेका छन् : प्रनाउ श्रेष्ठ

  • २५ चैत्र २०८०, आईतवार
  • 267 पटक पढिएको

म्याग्दी, २४ चैत । म्याग्दीको नवआगन्तुक प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले जिल्लामा लागु अ‍ैषध दुव्र्यसनी र मेला पर्वहरु शान्ति सुरक्षाको लागि चुनौती बनेको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयबाट म्याग्दीको प्रहरी प्रमुखका रुपमा सरुवा भएर आउनुभएका प्रनाउ श्रेष्ठले जिल्लाको शान्ति सुरक्षालाई मजबुद बताउनका लागि युवायुवतिहरु लागु औषधमा फस्ने र मेला पर्वहरुबाट सुरु हुने झैझगडा अपराधीक गतिविधि सम्म पुग्नु मुख्य चुनौतिको रुपमा रहेको बताउनुभयो । जिल्लाको शान्ति सुरक्षाको चुनौतिहरुको पहिचान गरेर त्यस्ता गतिविधिलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्ध तवरले अघि बढ्ने प्रनाउ श्रेष्ठले बताउनुभयो ।

उहाँले जिल्लाको शान्ति सुरक्षालाई भयरहित र मजवुत बनाउनु नै प्रहरीको प्रमुख उदेश्य रहने बताउँदै त्यसमा जिल्ला स्थित सरोकारवाला निकायबाट समेत रचनात्मक साथ, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले म्याग्दीसंग सिमाना जोडिएका छिमेकी जिल्लाका प्रहरी युनिटहरुसंग समेत आबश्यक सहकार्य गरेर एक अर्का भूगोलमा हुने अपराधिक र दुव्र्यसनजन्य गतिविधि नियन्त्रणमा अघि बढ्ने बताउनुभयो ।