मौवाफाँटमा प्रारम्भिक बालविकास शिक्षकहरुलाई तालिम सुरु

  • २४ माघ २०८०, बुधबार
  • 587 पटक पढिएको

म्याग्दी २४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा प्रारम्भिक बालविकास शिक्षकहरुलाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिका र लर्नको साझेदारीमा उक्त तालिम सुरु गरिएको हो । जानोदय माविमा पाँच दिनसम्म सञ्चालन हुने तालिममा वडा नम्बर १, २ , ३ र ४ मा रहेका विद्यालयका १८ जना प्रारम्भिक बालविकास शिक्षकहरुको सहभागीता रहेको छ ।
तालिममा प्रारम्भिक बालविकासका विद्यार्थीहरुको शिक्षण सिकाईका चरणका साथै शैक्षिक सामाग्रीको निर्माण तथा प्रयोग सम्वन्धी तालिम प्रदान गरिने जनाइएको छ । तालिममा गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी, सुजता राइ र लर्नका कार्यक्रम विशेषज्ञ खड्ग कुमार श्रेष्ठले सहजीकरण गर्नुहुने भएको छ ।
रघुगंगा गाउँपालिका र लर्नको साझेदारीमा विगत तीन बर्षदेखि रघुगंगा गाउँपालिकामा शिक्षण सिकाई प्रकृयामा शैक्षिक सामाग्रीको निर्माण र गुणस्तर सुधार का बिषयमा तालिमहरु सञ्चालन हुँदै आएको छ ।

कार्यक्रम ज्ञानोदय माविका व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीको अध्यक्षता, गाउँपालिकाका सामाजिक विकास समितिका सभापति एवम् वडा नम्बर ६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको प्रमुख आतित्यथा,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा अधिकृत सुवेदी, लेखा अधिकृत खगराज सुवेदी, लर्नका कृष्ण तिलिजा, प्रशिक्षक सुजता राई लगायतको विशिष्ट आतित्यथामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन खड्ग कुमार श्रेष्ठले गर्नुभएको थियो ।