पहिरोबाट बरखर्कमा एक घर विस्थापित, दुई घर उच्च जोखिममा

  • २८ मंसिर २०८०, बिहीबार
  • धिरन खत्री
  • 295 पटक पढिएको

म्याग्दी,२८ मंसिर। म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती स्थित बरखर्क बस्तीमा गएको पहिरोले एक घर परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने दुई घरपरिवार उच्च जोखिममा छन् ।

बर्खाको समयमा गएको पहिरोले गोकर्ण भण्डारीको घर पूर्ण क्षति हुदाँ परिवारनै अन्य ठाउँमा विस्थापित भएका छन् । त्यस्तै पहिरोले कुमार केसी र यामबहादुर केसीको घर उच्च जोखिम रहेको छ। अन्त बस्ने ठाउँ छैन । घर नजिक ठुलो पहिरो गएको छ । घर चिराचिरा परेको छ । त्यही घरमा बस्न बाध्य छौ । हिउँदमा पनि सुक्खापहिरो चलिरहेको छ । जोखिमपूर्ण घरमा बस्न बाध्य भएको कुमार केसीले बताउनुभयो ।


पहिरोले माछखर्क बस्तीमा जाने सडक, पदैलयात्री हिड्ने पदमार्ग बगाएको छ । तारा खत्री लगायतको धान खेत पूर्ण रुपमा बगाएर कालीगण्डकी कोरिडोर अन्तरगत बेनी–जोमसोम सडकमा पुर्‍याएको छ। अन्यको खेतीयोग्य जमिन पनि जोखिममा रहेको छ।
हिउँदमा पनि सुख्खा पहिरोले पहिरोस्थलमा हप्तै पिच्छे पदमार्ग बनाएर स्कूल जाने विद्यार्थी र अन्य ब्यक्तिहरु आवातजावत गर्दै आएको केसीले भन्नुभयो ।

सडक मर्मत गर्न नमिल्ने तरिकाले गएको पहिरोले माछखर्क बस्तीमा सवारीसाधन आवातजावत बन्द बनाएको छ। मान्छे बस्ने घर पहिरोले बस्न नमिल्ने हुदाँ पनि अर्को ठाउँमा सार्ने ब्यवस्थापन तथा पहिरो नियन्त्रणमा सरकारतर्फबाट ढिलाई भएको स्थानीयबासीले गुनासो छ। ठुलो जनधनको क्षति भएपछि सरोकारवालाहरुको यसतर्फ ध्यान जाने देखिएको छ । ठुलो क्षति हुनबाट जोगाउन तत्काद स्थानीय सरकारले पहल गर्नुपर्ने केसीले बताउनुभयो ।


बुधबार पहिरोको स्थलगत निरिक्षण गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रेशम जुग्जाली र प्रदेशसभा सदस्य हरी भण्डारी र निवर्तमान वडाअध्यक्ष रिम कटुवाल लगायतले आगामी आर्थिक बर्षको बजेटबाटे पहिरो नियन्त्रणको बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
प्रदेशसभा सदस्य भण्डारीले पहिरोले तीनघर संगै खेतीयोग्य जमिन र सडक पूर्ण क्षति पुर्‍याएको उल्लेख गर्दै उच्च जोखिममा परेका घरलाई जोगाउने किसिमले पहिरो नियन्त्रण गर्न लागि आगामी बर्षमा बजेट ब्यवस्थापन गर्ने भन्नुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l