बोयर बाख्रा पालनबाट राम्रो आम्दानी

  • १६ कार्तिक २०८०, बिहीबार
  • धिरन खत्री
  • 391 पटक पढिएको

 

म्याग्दी, १६ कात्तिक। म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली डाँडाखानीमा विगत १२ बर्षदेखि बाख्रा पालन गर्दै आएका धन श्रीसले बोयर जातको बाख्रा पालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि पार्म प्रा.लि.बाट बाख्रा पालन सुरु गरेका श्रीसले बोयर जातका सत प्रतिशत शुद्ध पाठापाठी उत्पादन गरेर नेपालभरी बिक्रि गर्दै आउनुभएको छ ।

उहाँले दूई/तीन बर्ष पहिल्य बोयरका बोका र पाठीलाई दूई लाख मूल्यमा विक्रि हुदाँ बार्षिक ६० लाख रुपैयाँको कारोबार गर्नुहुन्थ्यो भने अहिले मूल्य घटेर प्रतिवटा ८० हजार रुपैयाँ आउदाँ आम्दानी केही घटेको बताउनुभयो । श्रीसले आफ्नो फार्ममा करिव दुई करोड लगानी रहेको बताउनुभयो । छिटो–छिटो हुर्कने बोयर बाख्रा पालन गर्दै आएका श्रीसको फार्ममा अहिल्य ३५ वटा बाख्रा छन् । अहिल्य बोयरको विक्रिबाट बार्षिक कारोबार २०/२५ लाखको कारोबारे श्रीसले गर्दै आएका छन् ।

फार्ममा पाठाहरु जन्माउने १५ वटा माउ बाख्रा छन् । अन्य साना पाठापाठी छन् । अहिल्य दुई नश्ल सुधारका दुईवटा बोका फार्ममा पालिरहेका उहाँले जानकारी दिनुभयो । “दूईबर्ष पहिल्य फार्ममा एकसय जति शुद्ध बोयर थिए । माग पनि राम्रो थियो । आम्दानी मनग्य गर्न सफल भएको थियो”, उहाँले भन्नुभयो । “अहिल्य देशमा युवारुको कमिले गर्दा उन्नतजातको बाख्रापालन माग घट्दै गएको हुदाँ विक्रि पहिल्यजस्तो भएको छ्रैन् । अहिल्य मूल्य घटेको छ । छिटो राम्रो आम्दानी गर्नका लागि यो जातको बाख्रापालन राम्रो छ ।

२०६८ सालदेखि बाख्रा पालन गरेका श्रीसले सुरुसुरुमा लोक्कल बाख्रा पालन गर्नुभएको थियो । लोक्कल जातका बाख्रापालनबाट राम्रो आम्दानी नभएपछि शुद्ध बोयर बाख्रा खरिद गरेर पाल्न सुरु गरेपछि आफु जिल्लाको नमुना कृषक रुपमा परिचित हुन पुगेको उहाँले बताउनुभयो ।

युवाहरु पलायनले गर्दा पछिल्लो समय माग कमले यसले मूल्य घटेको छ । फार्मका २० वटा पाठीहरु अरुलाई पालन गर्न समेत दिएको बताउनुभयो । आफूले बाख्राको घाँसको लागि ६० रोपनी जग्गामा घाँस खेती गरेको बताउनुभयो ।

ब्यवस्थित रुपमा दूईवटा खोर बनाएर बाख्रा पालन गरेका श्रीसको फार्म हेर्न विभिन्न ठाउँबाट कृषक आउन गर्नुभएको छ । उन्नत जातको बाख्रापालन सुरुवात गरेका श्रीसले गाउँमा अन्यलाई पनि उन्नत जातको बाख्रा पालनमा प्रेरित गरिरहनुभएको छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l