गलेश्वरमा गुञ्जीए स्रष्टाहरु
- २१ श्रावण २०७४, शनिबार
- सन्तोष गौतम
- 1267 पटक पढिएको
बेनी २१ साउन । सघै तिर्थयात्री र भक्तजनको भिड लाग्ने बेनी नगरपालीका ९ स्थित गलेश्वर मन्दिर परिसरमा शनिबार दिउँसो छुट्टै रौनक थियो । सधैजसो माईकबाट भजन र मन्दिरका घण्टी बजिरहने गलेश्वर साहीत्यीक रचनाले गुञ्जीएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोष परिसरको चौतारी मुनी भेला भएका सर्जकहरु सिर्जना सुनेर कती बेला ताली पड्काउँथे त कति बेला वाह वाह भन्थे भने कोही बेला भावुक बनेको दृष्य देखिन्थ्यो ।
करिब तिन घण्टासम्म फरक फरक स्रष्टाहरुले गलेश्वरमै रचना गरेका कबिता, गजल, मुक्तक, हाईकुहरु बाचन गरेका थिए । रचना बाचन गर्न कास्की, स्याङ्जा, पाल्पा, तनहुँ, गोरखा, बागलुङ र पर्वत लगायत जिल्लाका साहीत्यकारहरु गलेश्वमा भेला भएका थिए । पोखराको गजल सन्ध्या र नवनीत साहीत्य सागरले गलेश्वर शिवालय क्षेत्र विकास कोषको व्यवस्थापन सहयोगमा १४४ औ अक्षरयात्राको कार्यक्रम गलेश्वरमा आयोजना गरेको हो ।
कार्यक्रममा बरिष्ठ लोक गायीका हरिदेवी कोईराला, गजलकार प्रकट पंगेनी शिव, पाइताला उपन्यासका लेखक गनेश पौडेल लगायत करिब पचास जना स्रष्टाहरुले रचना बाचन गर्नुभएको थियो ।गलेश्वरको महत्व, कालीगण्डकीको महिमालाई सिर्जनामा समेटेका थिए भने गलेश्वर वृद्धाश्रममा आश्रय लिएर बसेका जेष्ठ नागरीकका बेदना देखि माया प्रेम, सामाजिक र देशको समसामयीक बिषयमा रचनाहरु बाचन गरिएको थियो ।
गजल सन्ध्या पोखरा र नवनीत साहीत्य सागरले प्रत्येक महिनाको तेस्रो सोमबार अक्षरयात्रा कार्यक्रम गर्दै आएका छन् । गलेश्वर सहित १४४ स्थानमा पुगेर अक्षरयात्रा कार्यक्रम गरिएको गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले बताउनुभयो । साहीत्यीक पर्यटनको विकास, स्थानीय सर्जकहरुलाई अवसर प्रदान गर्ने र साहीत्यको प्रर्वद्धनमा सघाउ पुगोस भनेर कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
अक्षरयात्रामा सहभागीहरुले स्थलगत रुपमै सिर्जना गरेर कार्यक्रममा बाचन गर्नुपर्ने नियम छ ।अध्यक्ष सुवेदीको अध्यक्षता र सचिव बसन्त बिनोदको सञ्चालनमा सम्पन्न कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले गलेश्वरको धार्मीक महत्व र कोषका गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो ।