युवा संघ नेपाल राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा म्याग्दीका कृष्ण विश्वकर्मा

  • ११ भाद्र २०८०, सोमबार
  • 249 पटक पढिएको

म्याग्दी, ११ भदौ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा म्याग्दीका कृष्ण विक चयन भएका छन् ।

केन्द्रीय सचिवालयको बैठकले युवा संघको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा विश्वकर्मालाई चयन गरेको हो । उहाँ यस अघि संघको उपाध्यक्ष पदमा हुनुहुन्थ्यो ।


नेकपा ( एकीकृत समाजबादी) म्याग्दीका पार्टी अध्यक्ष समेत रहेका विश्वकर्मा यस अघि युवा संघ नेपालको कार्यबाहक अध्यक्ष समेत रहनुभएको थियो ।

महाधिवेशन आयोजक कमिटीमा सहसंयोजकमा नितेश पौडेल र महासचिव सञ्जिव राई चयन भएका छन् ।