उपल्लो मुस्ताङी जाडो छल्न बेसी झर्छन 

  • ४ कार्तिक २०७९, शुक्रबार
  • 559 पटक पढिएको

मुस्ताङ । उपल्लो मुस्ताङका अधिकाँश स्थानीयबासी हिउँदयाम लागेपछि जाडो छल्न बेसी झर्ने सदियौंदेखिको प्रचलन छ। ।समून्द्री सतहदेखि ४ हजार मिटर अग्लो उचाईमा अवस्थित उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा बसोबास गर्ने स्थानीयबासीहरु हिउँदयामको मौसममा जाडो छल्न बेसी झर्ने परम्परा हो ।
बर्सेनि बर्खायामको अन्नबाली थन्क्याएपछि उपल्लो मुस्ताङीले यार्तुङ पर्व मनाउने गर्छन ।स्थानीय भाषामा यारको अर्थ बर्खा र तुङको अर्थ मेला भन्ने बुझिन्छ । स्थानीयले खेतीपातीको कामकाज सकेर यार्तुङ पर्व हर्षउल्लासको साथ मनाउने गर्छन । लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रका स्थानीय गुरुङ, बिष्ट र ल्होवा समुदायका मानिसले बर्सेनि यार्तुङ पर्व मनाउँछ । यार्तुङ पर्वले बर्खायाम सकिएर हिउँदयाम सुरु भएको संकेत गर्छ । बर्सेनि भदौ महिनामा उपल्लो मुस्ताङीले यार्तुङ पर्व मनाउँछन् । यार्तुङ पर्व सकिए लगत्तै लोमान्थाङमा तिजी मेला लाग्छ । यी पर्वहरु सकिए लगत्तै उपल्लो मुस्ताङीहरु क्रमैसंगै जाडो छल्न बेसी झर्न थाल्छन् ।
उपल्लो मुस्ताङमा बर्सेनि एक बाली मात्र खेतीपाती हुन्छ । त्यहाका स्थानीयले याकचौरी र भेडा÷च्यांग्रा पालन गर्छन । सीमावर्ती क्षेत्रका स्थानीयले बर्सेनि उत्पादन गरेको खेतीपाती र पशुपालन व्यवसायले बाह्रै्र महिना जिविकोपार्जन गर्न मुश्किल पर्छ । यसैले त्यहाँका अधिकाँश स्थानीयबासीहरु जाडो छल्न र बैकल्पिक व्यवसायका लागि घुम्ती ब्यापार गर्न बेसी झर्छन । पोखरा÷काठमान्डौं लगायतका स्थानमा घर भएका केही समृद्ध मुस्ताङी पनि कार्तिक नलाग्दै जाडो छल्न बेसी झर्छन् ।
उपल्लो मुस्ताङमा कार्तिक नलाग्दै चिसो बढ्न थाल्छ। सीमावर्ती क्षेत्रको छोसेर ,छोनुप, न्याम्डो, चुमजुङ,समजुङ, लोमान्थाङ, मराङ, चराङ, घमी, घीलिङ, यारा, घारा, ढि र सुर्खाङ लगायतका स्थानीयहरु बैकल्पिक घुम्ती ब्यापार र जाडो छल्न बेसी झर्छन् । यसरी बेसी झरेका उपल्लो मुस्ताङीहरु बर्खायाम सुरु हुने लागेपछि चैत्र ÷बैशाख महिनामा गाउँ फर्किन्छन् । हिउँदयामका यहाँका अधिकाँश सरकारी तथा गुम्बा विद्यालय समेत घुम्ती स्कुलको रुपमा पोखरा झर्छन् ।
हिउँदयाममा उपल्लो मुस्ताङमा पर्यटकीय गतिविधि पनि शून्य रहन्छ । अधिकाँश उपल्लो मुस्ताङका ग्रामिण भेकमा पशुचौपाया रेखदेख र घरकुरुवा राखेर परिवारको सबै सदस्य घुम्ती ब्यापारका लागि बेसी झर्छन् । अत्यधिक चिसो र हिमपातले हिउँदयाममा जनजिवन प्रभावित हुने हुँदा त्यहाका नागरिक घरमा नबसी जाडो छल्न बेसी झर्छन् । हिउँदयाममा उपल्लो मुस्ताङमा माईनस २० डिग्रीसम्म चिसो हुन्छ ।
विगतका वर्षहरु झै यसवर्ष पनि आधा भन्दा बढी नागरिक जाडो छल्न बेसी झरिसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । सीमावर्तीक्षेत्रका बासिन्दा बेसी झरेपनि लोमान्थाङ बजारक्षेत्रका पर्यटन व्यवसायी भने अहिलेसम्म गावैमा रहेको जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङीहरु असोज महिना लागेपछि पालैपालो गाउँ छोडेर घुम्ती ब्यापारमा निस्क्एिका छन् । दशै÷तिहार पर्वमा उपल्लो मुस्ताङ घुम्ने आन्तरिक तथा बाह्य पर्यटक बढेकाले पर्यटन व्यवसायीहरु गावैमा बसेको अध्यक्ष गुरुङको भनाई छ ।
ंघीयतापछि २०७४ सालमा पनि पहिलो चरणमा मंसिर २१ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भएको थियो । हिउँदयामको मौसममा निर्वाचन हुँदा जिल्लामा मतदाता कम हुने र निर्वाचनमा खटिएका कर्मचारीलाई पनि निकै समस्या हुने गर्छ । अहिले उपल्लो मुस्ताङका अधिकाँश मतदाता जिल्ला छोडेर पोखरा÷काठमान्डौं लगायत भारतका विभिन्न स्थानमा पुगेर ब्यापार गर्न थालिसकेका छन् । बेसी झरेका मतदातालाई हिउँद नसकिदै जिल्ला फर्काएर मतदानमा उपस्थिती गराउनु सम्वन्धित दलका उम्मेदवारलाई निकै अप्ठ्यारो पर्छ । यसै कारण उपल्लो मुस्ताङमा अपेक्षा गरेभन्दा निकै कम मत खस्ने गरेको पाईएको छ ।
उम्मेदवारले मतदातालाई हवाई वा बसको भाडा व्यवहोरेर खर्चसहित जिल्लामा ल्याई मतदानमा उपस्थिती गराउनु पर्ने अवस्थाका कारण पनि अन्य जिल्लाको भन्दा मुस्ताङको चुनाव केही महङ्गो सावित हुन्छ । हिमाली जिल्ला मुस्ताङको प्रदेश १ मा ३५४१ जना मतदाता छन् । जसमध्ये घुम्ती ब्यापारका लागि आधाजसो मतदाता घुम्ती व्यापारमा झरिसकेका छन् । अहिले मुस्ताङका सम्वन्धित राजनितिक दलका उम्मेदवारले जिल्ला बाहिर रहेका मतदातालाई भेटघाट र मत माग्न जुटिसकेका छन् । मुस्ताङमा कांग्रेससहितको गठबन्धन, एमाले,राप्रपा नेपाल र रास्वपा गरी ९ जना उम्मेदवार प्रतिनिधि र प्रदेशसभाको निर्वाचन प्रतिस्पर्धामा छन् । ईमुस्ताङबाट साभार ।