रुममा दलित सचेतनामुलक प्रशिक्षण

  • २२ असार २०७४, बिहीबार
  • 1707 पटक पढिएको

म्याग्दीको मालिका गाउँपालिका–२ र ३ रुममा दलित लक्षित समुदायको लागि विनियोजन भएको बजेटबाट दुई दिने दलित सचेतनामुलक प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न भएको छ । दलित एकता सञ्जालका अध्यक्ष समबहादुर विकको अध्यक्षता, भुपेन्द्र नेपालीको सञ्चालन र यामबहादुर विकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको संयुक्त राजनितिक दलित संघर्ष समितिका संयोजक छवि विकले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल दलित संघका अध्यक्ष थमन घिमिरे विक र प्रमुख प्रशिक्षक छवि विकले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै रुमकै खटेनमा भएको सो कार्यक्रमको अध्यक्षता समबहादुर विक, सञ्चालन थमन घिमिरे विक र स्वागत तिलप्रसाद विकले गर्नुभएको थियो भने । कार्यक्रममा मालिका गाउँपालिकाका मनोनित सदस्य कुलमान विक र सोमबहादुर विकले मन्तव्य राख्नुभएको थियो ।