सेवा विस्तारमा टेलिकमः ‘बावियाचौर र तिब्ल्याङमा थ्रीजि’

  • २१ असार २०७४, बुधबार
  • गोपाल छन्त्याल
  • 3652 पटक पढिएको

म्याग्दी, २१ असार । नेपाल टेलिकमले म्याग्दीका विभिन्न स्थानमा टावर निर्माणसँगै सेवा विस्तार गरेको छ । रघुगंगा गाउँपालिकाको पाखापानी, अन्नपूणको दाना, धवलागिरिको ताकममा नयाँ टावर निर्माण भएपछि दर्जन भन्दा बढी बस्तीमा सेवा विस्तार भएको हो । ती ठाउँहरुमा यसअघि मोवाइलमा टावर नआउने, कुरा गर्दा बीचमा काटिने जस्ता समस्या थियो ।

टावर सञ्चालनमा आएपछि पाखापानी, दग्नाम, चिमखोला, दाना, नारच्याङ, ताकम, मुना, मराङ र विम क्षेत्रमा सञ्चार सुविधा सहज भएको नेपाल टेलिकम बागलुङका वरिष्ठ इञ्जिनियर केशब शर्माले जानकारी दिए । ‘यी तीन ठाउँमा टावर सञ्चालन भएसँगै हाम्रो पहुँच क्षेत्र पनि बढेको छ’, उनले भने । उनका अनुसार, मालिकाको ओखरबोट र मँगला गाउँपालिकाको अर्मनमा टावर निर्माण भईसकेको छ । दुइ वटै स्थानमा आवश्यक विद्युत जडानपछि सञ्चालनको तयारी भएको छ ।

‘ओखरबोटमा सोलार सेटबाट विद्युत्को व्यवस्था गरेका छाँ, त्यहाँ टावर चल्यो भने यसले धेरै जनसँख्यालाई फाइदा पु¥याउनेछ’ वरिष्ठ इञ्जिनियर शर्माले भने । टेलिकमले मँगला गाउँपालिकाको केन्द्र बावियाचौर र सिमलचौर क्षेत्रमा तत्काल नयाँ टावर स्थापना गर्ने योजना पनि अघि सारेको छ । ‘नगरउन्मुख क्षेत्र भएपनि बावियाचौरमा हाम्रो सेवा भरपर्दो छैन्, टावर नहुँदा मोवाइलमा नेटवर्क आउनेजाने गर्छ’, उनले भने, ‘टावर राख्नका लागि आवश्यक घर देखि अन्य कुराको प्रबन्ध मिलाईसकेका छाँै ।’

टेलिकमले रघुगंगाको बेगखोलास्थित तिब्ल्याङ र दुर्गम मानिएको मुदी र खिवाङमा यसअघि जडान गरिएको भिस्याटलाई विस्थापित गरि नयाँ टावर स्थापना गर्ने योजना अघि सारेको छ । ‘मुदीमा साउनपछि काम सुरु गर्ने भनेका छौँ, तिब्ल्याङमा त केहि दिनभित्रै सुरु गर्ने भनेका छौँ’ उनले थपे । टेलिकमले जनघनत्व बढी रहेको बावियाचौर र तिब्ल्याङमा ‘थ्री’ सेवा समेत सुचारु गर्ने जनाएको छ । नेपाल टेलिकम म्याग्दी शाखाका प्रमुख विष्णुदेव शाहले अञ्चल कार्यालय बागलुङको समन्वयमा टेलिकमले म्याग्दीमा धमाधम सेवा र क्षमता विस्तारको काम गरिरहेको बताए । ‘असार महिनाभित्रै अर्मन र ओखरबोटको टावर सञ्चालनमा ल्याउन गरि काम भइरहेको छ, पाखापानीको टावरले कुईनेमँगले क्षेत्रलाई पनि सुविधा पुग्ने अनुमान छ’, उनले भने, ‘कुईनेमँगलेलाई पुगेन भने त्यहाँ नयाँ टावर स्थापना गर्नेछौँ ।’ photo by Google

गोपाल छन्त्याल

म्याग्दी अनलाईन डट् कमका निर्वर्तमान सम्पादक हुन् l