आगामी आर्थिक वर्षको बजेटकाे पूर्णपाठ यस्ताे छ

  • १५ जेष्ठ २०७९, आईतवार
  • 949 पटक पढिएको

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट सार्वजनिक गर्नुभएकाे हाे।बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन गरिएको मन्त्री शर्माले बताउनुभयाे।

सरकारले १२ खर्ब ४० करोड ११ करोड राजश्व उठाउन लक्ष्य लिएको छ । सरकारले २ खर्ब ५६ आन्तरिक ऋण उठाउने र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने मन्त्री शर्माले बताउनुभयाे। स्रोत पूर्ति गर्न बाँकी २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने वजेटमा उल्लेख गरिएकाे छ ।

बजेटकाे पुर्णपाठ तलकाे लिंकमा

https://myagdionline.com/wp-content/uploads/2022/05/national-bujet-2079.pdf