कालिगण्डकी नदीमा बेपत्ता युवालाई खोज्न गोटाखोर टोली

  • १२ असार २०७४, सोमबार
  • धिरन खत्री
  • 2083 पटक पढिएको

म्याग्दी,१२ असार।म्याग्दीको रघुगंगा नदीमा पौडी खेल्ने क्रममा बेपता भएका युवाको खोजीमा गोटाखोर टोली परिचालन गरिएको छ ।

शसस्त्र प्रहरीको गोटाखोर टोलीले रघुगंगा नदी र कालीगण्डकी नदीको सम्भावित क्षेत्रमा नदीभित्रै पसेर बेपत्ता युवाकोे खोजी कार्य गरेको हो ।


पर्वतको जलजला गाउँपालिका ८ नाग्लीबाङका १९ बर्षिय नविन रेग्मीलाई पौडी खेल्ने क्रममो शनिबार नदीले बगाएर बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दी र पोखराबाट तालिम प्राप्त शसस्त्र प्रहरीका गोटाखोर टोलीद्धारा नदीको किनारमा सोमबार खोजी कार्य भईरहेको छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l