रघगंगामा पौडी खेल्दा नदीमा वेपत्ता

  • १० असार २०७४, शनिबार
  • 2942 पटक पढिएको

म्याग्दी १० असार । बेनी नगरपालीका ९ गलेश्वर स्थित रघुगंगा नदीमा शनिबार पौडी खेल्ने क्रममा एक युवा वेपत्ता भएका छन् ।

पर्वतको जलजला गाउँपालीका ८ नाग्लीवाङका अन्दाजी १९ वर्षिय नविन रेग्मी नदीले बगाएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार वेपत्ता रेग्मीको खाजीमा नदी किनार क्षेत्रमा खोजी भैरहेको छ ।