दरवाङका मासु पसलको अनुगमन
- ८ असार २०७४, बिहीबार
- 2041 पटक पढिएको
म्याग्दी, ७ असार । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा सञ्चालीत मासु पसलहरुका बिहीबार अनुगमन गरिएको छ ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक डाक्टर मनबहादुर पुनको नेतृत्वमा वडा अध्यक्ष सन्तनाथ सुवेदी, ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक हिरा थापा मगर, पशु चिकित्सक जिवन आचार्य, लक्ष्मि पौडेल, उद्योग वाणिज्य संघ दरवाङ ईकाईका खड्ग छन्त्यालको टोलीले अनुगमन गरेको हो ।
अनुगमन टोलीले सबैजसो पसलले डिपफ्रिजमा मासु चिस्याएर बिक्री गरेको जनाउँदै अनिवार्य मूल्य सूची राख्न मासु व्यवसायीहरुलाई निर्देशन दिएको छ । मासु व्यवसायी संघ दरवाङका अध्यक्ष हरि मगरले सरसफाईलाई थप सुधार गर्ने र अनिवार्य मूल्य सूची राख्ने प्रतिवद्धता जनाउनुभयो ।