सकारात्मक सोच विकास सम्वन्धी प्रशिक्षण बेनीमा

  • ३ असार २०७४, शनिबार
  • धिरन खत्री
  • 2581 पटक पढिएको

म्याग्दी,३ असार । म्याग्दीको बेनीमा म्याग्दी जेसीज र ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनमा जीवन सम्वन्धी नयाँ सोच र नेत्ृत्व विकास सम्वन्धी प्रशिक्षण कार्यक्रम शुक्रबार गरिएको छ । उक्त पशिक्षण कार्यक्रमलाई चर्चित अन्तराष्ट्रिय प्रशिक्षक तथा उत्प्रेरक श्री रमण नेपाली ज्यूबाट भएको हो ।


म्याग्दी जेसीजका शाखा अध्यक्ष जेसी नारायणकुमार बराल बह्माकुमारी ईश्वरीइ बिश्व विद्यालय बेनीकी संचालीका रिना दिदिको सयुक्त रुपमा उक्त कार्यक्रममको उद्घाटन गरिएको थियो । प्रशिक्षण कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षक रमण नेपालीले “ न्यू मि फर भिजन नेक्स” विषयमा केन्द्रित भएर समाजमा जीवनलाई सफल खुसी बनाउन मानिसको आवश्यक ब्यहारिक ज्ञान सम्वन्धी प्रवचन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सन्जु बरुवाल र नेपाल जेसीजका पुर्व अध्यक्ष धनज्यकुमार श्रेष्ठकोे विशेष उपस्थित भएको थियो ।


सो कार्यक्रमको अध्यक्षता र स्वागत म्याग्दी जेसीजका अध्यक्ष जेसी नारायण कुमार बरालले गुर्नभएको थियो । भने उक्त प्रवचन तथा प्रशिक्षण कार्यक्रममा लोकदिप सहकारीका प्रवन्धक नेत्र सुवेदी र लायन्स क्लव अफ म्याग्दी दोभानका अध्यक्ष लक्ष्मी कार्कीले सहभागि तर्फदेखि मन्तव्य राख्नुभएको थियो । प्रबचन कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख एवम प्रतिनिधि , सरकारी तथा गैरसरकारी संघसंस्थाका कर्मचारी, बेनी नगरपालिकाका जनप्रतिनिधि विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, जेसिजका पुर्व अध्यक्ष तथा पदाधिकारी र विश्वविद्यालयका सदस्य लगायतको उपस्थित भएको थियो ।


कार्यक्रम संयोजक जेसी अर्जुन पोडेललको संचालमा भएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी रिना दिदिले कार्यक्रम सफल बनाउन उपस्थित सवैलाई धन्यबाद आभार ब्यक्त गर्नुभएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l