मेरो साथिको अलमलको प्रेम र राजनीति
- २३ आश्विन २०७८, शनिबार
- 1664 पटक पढिएको
रमेश गुरुङ
म्याग्दी २३ असोज । मस्त निदायको रहेछु के के सपना देख्दै थिए । छेउको सिटमा बस्नु भयकी दिदिले “ म झर्ने बेला भयो भाइ राम्रो सङ्ग जानू होला“ भन्दै उठाउनु भयो मलाइ । मैले हस दिदी भनेर मुन्टो हल्लाएँ । मात्र बसको झ्याल बाट बाहिर हेरेको सिम सिम पानी परि रहेको रहेछ । साँझ पखको समय कलङ्की पो आइ पुगियको रहेछ । अहिले काङ्की आइपुगेको जानकारी गराएँ मैले आकाशलाइ । म बसपार्क पुगे पछि मलाइ लिन आयो मेरो बचपनको साथी कमरेड आकाश । सामन्य कुराकानी पछि बाइक स्टार्ट गरेर हिँडिहाल्यौँ हामी र उसको कोठामा पुगे पछि अचम्मित भयर हेरिरहेँ मैले । न सरसफाइ छ कोठाको न बिस्तरा अनि कपडा तथा अन्य सामान मिलायको छ । जस्ले आफ्नो बिस्ताराको तन्दा फेरेको छैन उस्ले राजनीति गरेर देशको मुहार कसरी फेर्छ होला? म चुपचाप बसिरहेँ र एक्छिनमा नुहाइ वरि फ्रेश भयर बसिरहेको थिए । आकाश ले भन्यो ल आज खाना बनायर खानु पर्छ । खै मलाइ उसले आज पाहुना जस्तो देखेछ कि ? संधै उस्को दिदी नहुँदा बाहिर खाना खाने उ आज आफै बनायर मलाइ खुवाउने सुर मा छ । म उसका दाह्री वाला नेताका पुस्तक हरु हेर्दै छु त्यही पनि बिदेशी नेता । यसो हेरेको उस्ले खाना बनाउन अनकन गरे जस्तो लागि रह्यो । उसले न प्याज काट्न जान्यो न त आलु काट्न । चन्दाको रसिद काट्न सिकेको उसलाइ आलु सालु काट्न के आओस । एक्छिन बस्दै गर म गोलभेडा लियर आउछु भनेर निस्केको उ केही बेरमा खाना नै लियर आयो ।
खाना खाय पछि एसो बाहिर निस्कन मन लाग्छ मलाइ र उस्लाइ भनेर बाहिर निस्कियौँ । तर बिडम्बना सडक छेउ फूट्पाथ छैन अनि खाल्डा खुल्डिले उस्को राजनीतिलाइ गिज्याइ रहेका छन । त्यसैमा मैले थपी दियँ “ होइन आकास एउटा सरकारले बनाएको सडकमा केही महिना पछि फेरिने अर्को सरकारले खाल्डा बनाइदिन्छ कि के हो ?“ “छोड न यार आज म राजनीतिक कुरा गर्न चाहन्न।“ उस्ले भन्यो । हरेक वाक्य मा राजनीति मिसायर बोल्ने उ आज राजनीति कुरा नगर्ने अरे । “उता हेर्न अग्ला घरहरु तलाइ के यहि खाल्डा चाहियो ? मान्छेले किन कमजोरी मात्रै हेर्छन? राम्रो पक्ष हेर्न सक्दैनन? त पनि उस्तै?“ उ झर्कियो तर म बोलिन । पीडामा देखिएको साथि सङ्ग के तर्क गर्नु भनेर म उसलाइ कोठा तर्फ जाउँ भनी इसारा गरि हिडेँ ।
“ओए तेरि निमा खोइ?“ जिस्किने सैलिमा मैले सोधेँ अलिक खुसी हुन्छ कि भनेर मैले सोधेको झनै मलिन बन्यो झनै टोलायो । अनि भेटघाट छैन र निमा सङ्ग अचेल? किन टोलाइस र तँ? “बिदेश छे उ अनि अहिले फ्लाइट बन्द छ भन्ने थाहा छ त तँलाइ“ उ फेरि झर्कियो । यो प्रबिधिको जमानामा पनि के भौतिक रुपमै सँधै भेटि रहनु पर्छ र? देख न बोल्न पाइन्छ, मनको बह जती खोलेपनि भयो खुसी जति बाँडे पनि भयो । सेल्फी आदान प्रदान, भिडिओ कल गर्दैनस? भनेको । “ यो क्यामेराले मलाइ अलिक गोरो देखाउला त्यो अलग कुरा हो तर मेरो मन त देखाउँदैननी चाहे भिडिओ कल होस या सेल्फी । यदि मेरो मन देखाँउदो हो भने मैले पनि उस्लाइ सेल्फी पठाउने थिएँ र उस्ले हेर्दी हो आफू सुरक्षित साथ सजियर बसेको मेरो मन अनि बुझ्दी हो मेरो मायाँ।“
उ अलिक भावुक बन्दै गयो। मलाइ लाग्यो सायद उनी हरुको सम्बन्धमा दरार आयको रहेछ त्यसैले उ निकै दुखी छ अचेल । उस्का नेता हरुले आफ्नो स्वार्थ अनुरुप टुट फुट कसैलाई सत्तोसराप अनि कसै सङ्ग गठबन्धन गर्दै हीँडेको देखेकै हो हामिले तर उस्ले यो नजानेको रहेछ क्यारे या प्रेम मा सम्बन्ध फेरिरहन नसकिने रहेछ अनि स्वार्थी सम्बन्धले खुसी पनि नदिने रहेछ । म चाहिँ कोठा सफा गर्न तिर लागेँ ।
एक्छिनको मौनता तोडेर उ बोल्यो फेरि । झन उस्को र मेरो तालमेलै नमिल्ने भयो अहिले न लेवल नै मिल्छ । उ चाहिँ उता पढ्दै कमाँउदै धेर थोर खुसी परिवारलाइ अनि आफन्तलाइ बाँड्दै अनि आफ्नो सुन्दर भविस्य निर्माण गर्दैछे । मचाही कहिले कसैको अघि कहिले कसैको पछि भाग्दौड गर्दै, बिपक्षीलाई गाली गर्दै । अनि केही साथी गुमाउदै, घर परिवारले पठायको खर्च सक्दै अनि कतै मारिने होकि छोरा भन्ने पिरले बाउ आमाको निन्द्रा बिगार्दै यहाँ छु । ह्या यस्तो कुरा किन गर्छस? मायाँ भनेको मायाँ हो आकास, मायाँमा लेवल र हैसियतको कुरै आउँदैन । मायाँ भनेको माँयानै हो । तर ब्यबहारमा पनि देखिनु पर्छ मन र ब्यबहारको ताल्मेल भयन भने त्यस्लाइ के मायाँ भन्नू? तँ आफै भन न ६÷७ बर्ष हाइटेक सहरमा बसेर पढेकी उतैको जीवन शैली अबलम्बन गरेकिलाइ कसरी यहाँ तेरा र मेरा नेताले बिगारेको अस्त ब्यस्त सहरमा आइजा भनौ म? के यो मायाँ हो ? २०/३० मिनेट मेट्रोको यात्रा गरेर अफिस जाने आउने अनि आउँदा जाँदा सहजै सङ्ग ल्याप्टपम मा आफ्नो काम गर्न सक्ने उस्लाइ ज्यु धनकै सुरक्षा गर्न नसकिने लोकल बस चढाउनु माया हो? काम गरि रहेको कार्यालयमा समस्या भय ३÷४ दिन घरमा आराम गरेर सहजै आफ्नो क्षमता अनुसारको काम पाउने ठाउमा बसेकी उस्लाइ यहाँ बेरोजगार बनायर राख्नु माया हो? भो म उस्लाइ बोलाउन सक्दिन।
उ निकै चर्को स्वरले बोलेको थियो यति बेला । यो तेरो मात्र समस्या होइन कमरेड देशकै समस्या यहि हो । अनि तलाइ थाहा रहेछ त कुनै वाद नारा ले बिकाश हुँदैन देश बिकाशको लागि उद्यमशिल समाज र क्षमता वान राजनीतिज्ञ अनि दक्ष जनशक्ती चाहिन्छ भनेर । अनि किन तँ उद्यमशिलताको बाटो नगयर तेरा नेता भनिने प्रचण्डको रोना धोना को पछि लाग्छ्स ? अझै बन्दुक उठानु परे तयार रहनु । बिपक्ष दलका युवा हरुलाइ आफ्नो भौतिक÷ शारिरिक शक्ति देखाउनु भन्दा परर ताली किन पिट्छस? अनि आफू बिध्यार्थी राजनितिले विगृएको थाहा पाउँदा पाउँदै दलिय बिधार्थी सङ्गठन बन्द गरौँ भन्न किन सक्दैनस?
फेरि पनि भन्दै छु आकाश यहाँ बिकृत राजनितिले गर्दा पुरै देश नै ध्वस्त भैसक्यो यो तेरो या मेरो मात्रै समस्या होइन कमरेड । साह्रा राजनितिक युवा यहि समस्या बाट गुज्रिरहेका छन त्यसैले मत फेरि पनि अनुरोध गर्दछु कि अब स्कुल कलेज मा दलिय राजनिती बन्द गर्न हामी सबैले पहल गरौँ किन भने कलेज माहुरी जस्ता मिहेनती र दक्ष जनशक्ती उत्पादन गर्ने थलो हो नकि अरिङ्गाल उत्पादन होस । अनि उद्यमशिल समाजको निर्माणको लागि हामी तयार हुनु पर्दछ ।
लेखकः राष्ट्रिय युवासङ्घ नेपालका म्याग्दीका जिल्ला सदस्य तथा रघुगङ्गा गाउँपालिका संयोजक हुन्।