संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

  • २१ भाद्र २०७८, सोमबार
  • 841 पटक पढिएको

 

संखुवासभा २१ भदाै । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले  जानकारी दिए ।


घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताए । उनले घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको बताए । थप विवरण आउन बाँकी रहेको छ ।