कुश्माकी एक महिलाको कुवेतमा मृत्य

  • ११ भाद्र २०७८, शुक्रबार
  • 742 पटक पढिएको

पर्वत ११ भदौ । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।

नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ । राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उनले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ । बयालीस वर्षीया पुतली अहिले अवैधानिकरूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ । दूतावासमा परियारको मृत्यु प्रमाणपत्र भने आइसकेको छैन । पुतलीका आफन्तलाई कानुनी प्रक्रियालगायतमा सहजीकरणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको  जनाएको छ ।