रेडियो उद्घोषण तथा पत्रकारीता तालीम सम्पन्न

  • २२ जेष्ठ २०७४, सोमबार
  • सन्तोष गौतम
  • 2583 पटक पढिएको

बेनी २२ जेठ । बेनीमा सोमबार रेडियो उद्घोषण तथा पत्रकारीता तालीम सम्पन्न भएको छ । म्याग्दी काली सञ्चार सहकारी संस्था लि. अन्तरगत सञ्चालीत म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जको आयोजनामा जेठ १५ गतेदेखि तालीम सुरु भएको थियो । सात दिनसम्म सञ्चालन भएको तालीममा म्याग्दी, बागलुङ र पर्वतका २८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

तालीम समापनका क्रममा प्रमाणपत्र वितरणपछि मन्तब्य व्यक्त गर्नुहुदै जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले समाजीक ईञ्जिनियरको भुमिका निर्वाह गर्ने पत्रकारले सत्य र तथ्यलाई महत्व दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक कृष्ण जिसी, सहभागी दिपक शर्मा र बबिता विश्वकर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो भने रोशन थजालीले गित र सबिना पौडेलले गजल प्रस्तुत गर्नुभएको थियो ।
म्याग्दी काली सञ्चार सहकारी संस्थाका कार्यबाहक अध्यक्ष बिजयकुमार श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष तथा रेडियो उपसमिति संयोजक सुबिन श्रेष्ठको स्वागत र स्टेशन संयोजक अमीत विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सन्तोष गौतम