प्रधानमन्त्रीको राजीनामा इमान्दारिताका कि चतुरपना

  • ११ जेष्ठ २०७४, बिहीबार
  • 2621 पटक पढिएको

सन्दीप खत्री
नेपालको नागरिकको हुनुको नाताले म चाहन्छु, देशमा स्थायीत्व होस्, राजनीतिक स्थिरता होस्, देश विकासको पथ अगाडि बढोस्, सबै भन्दा ठूलो कुरा नेताहरुमा इमान्दारिता होस् । हाम्रो देशमा नेताहरुमा इमान्दारिता मात्र हुने हो भने अरु धेरै कुरा ठिक हुन्छ । आफूले बोलेका कुराहरु मात्र नेताहरुले पालना गर्ने हो भने जनताले नेताहरुलाई सत्तोसराप गर्नु पर्दैन्, देशमा राजनीतिक अस्थिरता हुँदैन । हो, म यही चाहन्छु ।


यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकार निर्माण गर्दा भएको सहमतीलाई पालना गर्दै इमान्दारिताका साथ प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका छन् । अहिले सवत्र यही विषयले चर्चा पाएको छ । प्रधानमन्त्रीको राजीनामा सर्बत्र चासोको विषय बन्ने कुरा स्वभाविक पनि भयो । सतहमा हेर्दा प्रधानमन्त्रीले यतिबेला राजनीनामा दिनुपर्ने कारण केही पनि छैन् । नत कसैले उनलाई सरकार छोड्नका लागि दवाव दिएका छन् । न त उनी माथि अविश्वासको प्रस्ताव नै पेश गरिएको थियो, न त उनले सरकार छाड्ने पर्ने कुनै त्यस्तै अप्रिय काम गरेका थिए । विगत लामो समयदेखि हुन नसकेको स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गराएर उनले पदबाट राजीनामा दिए, कारण भद्र सहमतिको इमान्दारिताका साथ पालना नै थियो । सरकार गठन हुँदा सत्ता साझेदार पार्टी नेपाली काँग्रेससँग भएको भद्र सहमति अनुसार नै उनले राजीनामा दिए । यो विषय एकाथरिका लागि टाउको दुखाईको विषय बेनेको छ, अर्को थरिका लागि नेपालको राजनीतिमा इमान्दारि खड्कीरहेको बेलामा इमान्दारीताको पालना । उनको यही इमान्दारितालाई एकाथरिले चतुरको संज्ञा दिएका छन् भने एकाथरिले नैतिकता ।
प्रधानमन्त्रीको यो राजीनामा आकस्मीक पनि थिएन, १० महिना पहिले नै सरकार गठन हुँदा उनको राजनीमा तय थियो । त्यसैले यतिसारो टाउको दुखाईको विषय बनाउनु आवश्यक देखिदैन् । उनले संसदमा सम्बोधन गरेर राजीनामा दिने बताएका थिए । तर प्रतिपक्ष दल नेकपा एमालेले संदस अवरुद्ध गर्ने चेतावनी दिएपछि जनताको नाममा सम्बोधन गरेर राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । अहिले राजनीति बृतमा उनलाई एकाथरि मानिसहरु सफल प्रधानमन्त्रीको उपमा दिँदै छने भने अर्का थरि मान्छेहरुले स्थानीय तहको निर्वाचन पूर्ण रुपमा सम्पन्न नभएकोले राजीनामा गलत भएको बताई रहेका छन् । प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचनको मतदान सकिए लगत्तै आफूले एक सातापछि राजीनामा दिने बताएका थिए । जब प्रतिपक्ष दलले नै उनको राजीनामा रोक्नका जुन खालको भूमिका निर्वाह ग¥यो प्रचण्डको सबै भन्दा ठूलो उपलब्धी नै त्यही हो । उनको राजनीतिक सफलता पनि त्यहीनेर देखियो । प्रचण्ड पदलुप्त छैनन् भन्ने कुरा पनि उनी दूई पटक प्रधानमन्त्री बन्दा आम नेपालीले बुझ्ने मौका पाएका छन् । पहिलो पटक प्रधानमन्त्री बन्दा पनि उनले काम गर्न सकिदैन भने पदमा वस्नुको औचित्य छैन भनेर यसरी नै नैतिकताको आधारमा राजीनामा दिएका छन् । यस पटक पनि सत्ता साझेदार दलसँगको सहमतीलाई पालना गरेका छन् । उनी पदमा वस्न चाहेको भए यस पटक जसरी पनि वस्न सक्थे । प्रतिपक्ष दलले राजीनामा दिन हुँदैन भनेर आवाज उठाएको थियो, सत्ता साझेदार दलले पद छोड्नुस भनेर मुख खोलेको अवस्था थिएन्, पहिलो चरणको निर्वाचन सफलता पूर्वक सम्पन्न गराएको भन्दै दोस्रो चरणको निर्वाचन पनि प्रचण्डको नेतृत्वमा सम्पन्न हुुनुपर्छ भन्ने जनताको कमि थिएन । यति हुँदा हुँदै पनि प्रचण्डले राजनीतिमा जुन प्रकारको इमान्दारिता देखाएर राजीनामा दिए त्यो वास्तवमै नेपाली राजनीतिका हिमायती हुँ भन्नेहरुका लागि सिकाईको पाठ भएको छ । निर्वाचन सम्पन्न हुन्छ भन्ने कुरा देशका ठूला ठूला राजनीतिक दलहरुलाई विश्वास नै लागेको थिए । ती अविव्यक्तिहरु आजभोलि सामाजिक सञ्जालमा देख्न पाइन्छ ।
प्रधानमन्त्रीको राजीनामा सँगै मानिसहरु दुई दिशामा विभाजित भएर सामाजिक सञ्जाल, सञ्चार माध्यममा अभिव्यक्ति दिन थालेका छन् । एकाथरि मानिसहरु प्रचण्डको राजीनामालाई लिएर नकारात्मक टिका टिप्पणीमा उत्रिका छन् । उनीहरुले प्रचण्ड प्रधानमन्त्री हुँदा पनि केही अपेक्षा थिएन र जाँदा पनि केही गुनासो छैन् भन्ने किसिमका अभिव्यक्तिहरु दिन थालेका छन् । प्रचण्ड गरेको केही पनि होईन संविधानमा जे लेख्या छ त्यही पालना ग¥या त हो नी । यस प्रकारको अभिव्यक्ति पनि आउन थालेका छन् । उनको राजीनामालाई चतुर खेलाडिको रुपमा व्याख्या गरिएको छ । दोस्रो चरणको चुनाव सम्पन्न गराउन नसके प्रतिष्ठामा धव्वा लाउन सक्ने भएकोले राजीनामा दिएका हुन भन्ने पनि छन् । यसले पनि प्रष्ट हुन्छ की उनीहरुले प्रचण्ड सरकारले यतिका राम्रा कामहरु गर्छ भनेर सोचेका थिएनन् । हुन पनि हो प्रचण्डले अरु केही पनि गरेका होईनन् प्रधानमन्त्रीको रुपमा जे काम गर्नु पथ्र्यो त्यही मात्र गरेका हुन । म यस्तो गर्छु उस्तो गर्छु भनेर कहिले भाषण गरेनन् आफूले प्रधानमन्त्रीको रुपमा गर्नु पर्ने काम गरे अनि प्रधानमन्त्रीको पदबाट राजीनामा दिए । इमान्दारिताका साथ काम गरे इमान्दारितालाई पालना गर्दै प्रधानमन्त्रीको पदबाट हासि हासि राजीनामा दिए ।
यो देशको नागरिक हुनुको नाताले म पनि प्रधानमन्त्रीले यसरी राजीनामा दिनु गलत छ भन्ने कुरामा विमति राख्दीन । स्थानीय तहको दुवै चरणको निर्वाचन प्रचण्डले नै सम्पन्न गराउनु पथ्र्यो भन्ने तर्क मेरो पनि छ । पहिलो चरणको निर्वाचन जसरी शान्तिपूर्ण तरिकाले सम्पन्न भयो त्यसरी नै दोस्रो चरणको निर्वाचन पनि सम्पन्न हुनुपर्छ भन्ने कुरामा म पनि सहमत छु । प्रचण्डको राजीनामा सँगै दोस्रो चरणको निर्वाचन अलपत्र पर्ने भयो कुरालाई विशेष मुद्दा बनाएर जसरी प्रचण्डलाइ गालि गर्ने काम भएको छ यो गलत छ । थप गरिएका प्रदेशहरुमा निर्वाचन आयोगले निर्वाचन गराउन नसक्ने प्रेस विज्ञप्ती प्रकाशित गरेर बताएको छ । त्यसैले पनि थप गरिएको स्थानहरुमा जेठ ३१ गते नै निर्वाचन हुने कुरामा शंका छ । तर मैले नबुझेको कुरा प्रतिपक्ष दलहरु प्रचण्डको राजीनामाको विरोध गरेका छन् की थप गरिएको स्थानीय तहको बारेमा । प्रचण्डको राजीनामालाई गालि गर्ने तिनै साथीहरु हुन जो पहिलो चरणको निर्वाचन पनि सम्पन्न हुन्छ भन्ने कुरामा विश्वास गरेका थिएनन् । तर प्रचण्डले शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराएरै छाडे । त्यसैले दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण तरिकाले तोकिएकै मितिमा हून्छ । यो देशको शक्ति केन्द्र भनेको प्रचण्डनै हो भन्ने कुरा पनि देखिएको छ । त्यसैले दोस्रो चरणको निर्वाचन सम्पन्न गराउनमा प्रचण्डले उत्तिकै भूमिका निर्वाह गर्नेछन् ।
जे होस् प्रचण्ड प्रधानमन्त्रीको पदबाट राजीनामा दिँदै गर्दा उनको सरकाले गरेका राम्रो कामलाई पनि स्मरण गर्न आवश्यक ठान्छु म । प्रचण्ड प्रधानमन्त्री हुँदा भएका लोडसेडिङ अन्त्य, आर्थिक वृद्धिदर ७.५ प्रतिशत, ‘वान वेल्ट वान रोड’ मा हस्ताक्षर, ३ प्रदेशमा स्थानीय तह निर्वाचन, छिमेकीसँग सम्बन्ध सन्तुलन, फास्ट ट्रयाक निर्माणको निर्णय लगायतका राम्रा कामलाई त राम्रो भन्नु प¥यो नी । यी कामहरुलाई समेत ओझलमा पार्दै नकारात्मक टिका टिप्पणीमा उत्रिएका साथीहरुलाई मेरो प्रश्न तपाईहरुको दिमाखमा आखिर त्यस्तो के भरिएको छ अरुले गरेका राम्रा कामहरुलाई किन राम्रो भनेर सोच्न सक्नुहुन्न ? तपाईहरुको नजरमा के त्यस्तो जालो लागेको छ अरुले गरेको राम्रो कामलाइ देख्न सक्नुहुन्न ?
प्रचण्डले सबै काम राम्रो गरे त ? त्यो पनि होईन । तर हामीले सबै कुरा सापेक्ष रुपमा हेर्नु पर्छ भन्ने मान्यता राख्दछु म । २०६२÷०६३ पनि बनेका प्रधानमन्त्रीका कामहरु मध्येमा तुलनात्मक रुपमा प्रचण्डले गरेका कामहरु प्रशंसनीय छन् । इमान्दारिताको कुरा गर्ने हो भने मैले बुझे र थाहा पाएसम्म यसपटक प्रचण्डले जुन खालको इमान्दारिता देखाए त्यो कसैले पनि देखाउन सकेको छैन । सबै भन्दा ठूलो कुरा त प्रधानमन्त्रीको राजीनामाले प्रतिपक्ष दलको टाउको दुखेको कुरा पनि यस भन्दा पहिले कहिल्यै भएको मेरो जानकारीमा छ्रैन् । राम्रो कामलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने आट गर्नुपर्छ ।
प्रधानमन्त्रीको राजीनामालाई माओवादी केन्द्र, सत्ता साझेदार दल नेपाली काँग्रेसका कार्यकर्ताहरुले प्रशंसा गर्नु अस्वभाविक होईन । कार्यकर्ताहरुले आफ्नो नेताको कामलाई प्रशंसा गर्नु नेपालमा नौलो कुरा मानिदैन् । किन भने आफ्नाले गरेका सबै राम्रो अरुले गरेको सबै काम नराम्रो भन्ने जुन प्रचलन छ । तर प्रधानमन्त्रीको राजीनामा त्यतिमात्र सिमित छ्रैन् । प्रतिपक्ष दल बाहेकका सचेत वर्गले प्रचण्डको राजीनामाको प्रशंसा गरेका छन्, कारण उनले पालना गरेको इमान्दारिता र प्रतिबद्धता । प्रचण्डको यही इमान्दारितालाई कथितको संज्ञा दिनेको पनि कमि छैन् हाम्रो समाजमा । हिजो प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा सत्तोसराप गर्नेहरु आज प्रचण्डले राजीनामा दिदै गर्दा उनको राजीनामाको विरोध गर्दैछन् । कारण उनीहरु नै जानुुन ।
अझ रोचक कुरा त के छ भने प्रधानमन्त्रीको राजीनामाले प्रतिपक्ष दलको नेता, कार्यकर्ताको यतिविधिको टाउको किन दुखिरहेको छ ? यसलाई फरक फरक व्यक्तिले व्याख्या गर्न सक्छन् । यस यसलाई मैले यसरी हेरेको छु । एमालेका कार्यकर्ताहरु पहिले जति प्रचण्ड पनि आसंकित थिए, प्रचण्ड प्रति अविश्वास थियो पछिल्लो समयमा त्यतिनै विश्वास पैदा हुँदै गयो । प्रचण्ड सरकार गरेका काम र पहिलो चरणको स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न गराए त्यसपछि झनै प्रचण्डप्रति विश्वासको वातावरण बन्यो । वास्तवमै प्रचण्ड काम गर्ने मान्छे हुन भन्ने कुरा उनले भाषणबाट होईन कामबाट प्रष्ट गरे । उनी पछि प्रधानमन्त्री बन्ने शेरबहादुर देउवा आउँदै गर्दा एमालेलाई त्यति सहज नहुन सक्छ । प्रचण्ड जति लकचदार छन् । उनी आफू हारेर पनि देश र जनतालाई जिताउन हिम्मत राख्छन् उनीहरु शेरबहादुर देउवामा त्यो सम्भावना कम देखे यस कारण पनि उनीहरुलाई देउवा भन्दा प्रचण्डनै प्यारो भएको हुनुपर्छ । यो नितान्त मेरो व्यक्ति धारणा हो त्यसैले कसैले यही तर्कलाई मान्नुपर्छ भन्ने छैन् ।
त्यसैले एउटा नागरिकको हैसियतले भन्नु पर्दा प्रचण्ड आफू हारेर पनि आफ्नो एजेन्डालाई जिताएका छन् । देशले जितेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन भएको छ । सलाम छ प्रचण्ड तिमिलाई । दोष लगाउनेहरुले भगवान शिवलाई त छोडेनन् तिमि त मानव हौ । वास्तवमा तिमिले आफ्नो कर्तव्य पूरा ग¥यौ । सफल प्रधानमन्त्रीको सूचिमा आफ्नो नाम चढाउन सफल भएका छौ । अझ भनौ आम नागरिकको मत जित्न सफल भएका छौ । ढल्मलाएको नेपालको संविधान, संघीयताको कार्यान्वयनको डुङ्गा सफलताका साथ तारेका छौ । समग्रमा तिमिले जितेका छौ । तिम्रो एजेन्डा जितेको छ ।