कोरोना निको हुनेको संख्या १२ हजार ८४० पुग्यो

  • ८ श्रावण २०७७, बिहीबार
  • 881 पटक पढिएको

 

म्याग्दी, ८ साउन । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कोरोनाभाइरस संक्रमण पुष्टि भएकोसंख्या १८ हजार २४१ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ । यसैबीच हाल ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमणमुक्त रहेका छन् ।