गाउँ ,स्थानीय तह र कोभिड १९ ले उब्जाएको प्रश्नहरु !

  • १२ बैशाख २०७७, शुक्रबार
  • 2095 पटक पढिएको

तारामिलन छन्त्याल
१२ वैशाख । गाउँको आफ्नै सभ्यता छ । गाउँ मानब जातिको बासस्थान मात्र होईन आदिम इतिहास हो । गाउँले आटोढिडो, खोले, फाडो मात्रै उब्जाएको छैन् गाउँले आदिम सभ्यता बचाएर राखेको छ । गाउँलेको भाषा स्वार्थी हुदैन् । आत्मियता र प्रेम पनि कपटी हुदैन । हिजो गाउलेहरुको छाक टार्ने कोदोको ढिडो आज पाँचतारे होटेल छिरेको छ र यहि गाउमा उत्पादित कोदोको पिठोबाट बनेको ढिडो खाँदै देशको ठुलो ब्यापारीहरु गाउँलाई नै गिज्याउन तल्लिन छन् । गाँउघरले भाषा जन्मायो सस्कृति जन्मायो र देशलाई राष्ट्रलाई भाषा, कला सस्कृतिमा धनि बनायो । तर देशले कहिलै गाउँ चिनेन् केवल भनिरह्यो दुर्गम र दुरदराज र गाउँलेहरु ।

गाउँमा जाने सडक मार्गहरु कच्चा होलान् तर सामुदायिक आत्मियता कच्चा छैन् । गाउँमा अभाब होला त्यो मान्न सकिन्छ ,तर कोलाहलले भरिपुर्ण समाज छैन । गाउँमा गरिब होलान् तर आफ्नो स्वार्थको लागि देशै बेच्न तल्लिन राष्टबादीहरु छैनन् ्रगाउँको तिरतिरे धारोको पानी मिनिरल वाटर भन्दा सयौ गुना मिठो छ । गाउँको आदिम सभ्यता सयौ गुणा राम्रो छ । तर कहिलै लेखिएन गाउँको आदिम कथा, कहिलै बनेन यानिमाया र सालैजो भाषा राष्ट्रिय गीत । यहीँ गाउहो देशको प्रधानमन्त्री राष्टपती मन्त्री र संसद जन्माउने तर के गर्नु उनिहरुलाई गाउँले जन्मायो र हुर्कायो अहिले उनिहरुले गाउँ भाषा बोल्दैनन् बुझ्दैन् जान्दैन ।

तर किन हो परदेशिएको हर्के दाईले रात दिन कहिलै गाउँ भुल्न सक्दिन् ्रउनले देख्ने सपनामा पनि गाउँको तस्विर देख्छन् ,आखै अगाडि देखिने हिमाल डाडाकाडा ,बारबार आईरहन्छ । बन जङ्गल हावापानी ,गाउँमै रमाएको , हासेको ,खेलेको ,गाएको सालैजो र झ्यारे, यानिमाया भाकाहरु सम्झिरहन्छ । कोभिड १९ को प्रभावले विश्व भर बसि सक्नु छैन् परदेशतिर भान आउँछ , टोलबाट विरामी उठाएर लैजान्छ दिन दिनै संक्रमितहरु बढिरहेको छ । हर्के दाइको कम्पनीको काम नचलेको पनि आज एक महिना भै सक्या ! हर्के दाईको कथा कस्ले सुनुस् कस्ले लेखोस् ! चुनावमा गाउँ भरिका दलित बस्ति ,गरिव निमुखालाई पैसा बाधेर चुनाब जितेर राजधानी छिरेको माननिय ज्युले ,उतै घर बनाए, कहिले काँहि टिभिमा देखिने माननिय ज्यु कोभिड १९को त्रासले यति बेला गाउँ छिरेका छन् ।

र फेरि पनि बाधिरहेका छन् केहि थान उधारो आश्वासनहरु । माननियले बुझेको जस्ता छैन गाउँ अचेल गाउँको रहनसहन फेरिएको छ । यहि गाउँ बस्तिको उब्जनीले सजिलै ठुलो बिनासकारी भुकम्प धान्यो ,भारतिय अघोषित नाकाबन्दीको बेला सयौ नेपालीलाई बचायो्र यो कोभिड १९ बाट नेपाली जनताहरुलाई बचाउन भुमिका खेल्नु हामी सबैको दायित्व हो । गाउँ घरमा शहरमा जस्तो माग्ने भएर बाच्नु पर्दैन् । कोहि कसैलाई होमलेस पनि हुनु परेको छैन । गाउँले जिवन साँच्चिकै गजब छ । यहि गाउँ हो जसले माओबादीलाई मलजल गरेर हुर्काएको र प्रचण्ड, बाबुरामहरुलाई दुई छाक खुवाएको तर प्रचण्ड बाबुरामहरुले गाउँलाई भुलेर आजभोली उतै राजधानी सगँ नयाँ साईनो पिरति गाँसिरहेका छन् । तर गाउँलेहरुले कहिलै भुलेको छैन । प्रचण्डहरुलाई र गाउँलेहरुले प्रचण्ड बाबुरामहरुले यति छिट्टै गाउँ बिर्सन्छन् भन्ने कल्पना पनिगरेको थिएन् ।

विश्व कोरोना भाईरसको महामारीमा झेलिएको छ । सामान्य जनजिवन बन्न निकै समय लाग्नेमा कुनै दुई मत रहेन् । नेपालमा पनि यसको प्रभाव बिस्तारै बढिरहेको छ । सचेत रहुनु पर्ने हामी सबैको दायित्व हो । भरसक घर देखि बाहिर ननिस्कौ ! लकडाउन हामी सबैको लागि हो । सरकार लकडाउन गर्ने प्रकृयामा सचेत नै छ । तर घर नभएकाहरु कहाँ बस्ने यो बिचारणिय सवाल हो । सुबिधा सम्पन्न ठाउँको सामान्य मानिस भन्दा आफुलाई विशिष्ट श्रेणी कहलिएकाहरु नै पुर्णरुपमा लकडाउनलाई पालना गर्न तत्पर छैनन् र ईमानदार देखिएको छैनन् । गाउँलाई जङ्घार तर्नु छैन , हतार पनि छैन् ,पावर र पहुचको आधारमा नक्कली पत्रकार बनेर ,नक्कली डाक्टर बनेर ,पुरै शहर भरि आवाज जावत गर्नु छैन् । आखिर गाउँ गाउँ नै हो मानव सभ्यताको आदिम ईतिहास ।

कोरोना भाईरसबाट बच्न धेरै पछि शहरबाट गाउँ पुगेको मुखिया बाले आफ्नो बुवालाई भने बृद्वआश्रममा छाडेर आएका रहेछन् । मुखियाकाले चौतारीमा बसेर गफ छातिरहेका छन्जवानीको कथा ,तरुनीको सगँको प्रेम ईन्डियाको फैजिको बहादुरीको कथाहरु , र पारिरहेका छन् गाउलेहरुलाई रनभुल्ल । नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण सबैलाई गाउँ फर्कने मौका मिलाईदियो । गाउँको हावापानी र सुन्दरताले सबैलाई मोहित पारेको छ । एक दुई लोभी पापी गाउँमा पनि नहुने कुरै भएन् । एक दुई बदमास पनि नहुने कुरै भएन, तर पनि गाउँको सुन्दरतामा भने कमि आएको छैन् । एक गाउँबाट अर्काे गाउँ जान पुरै प्रर्तिबन्ध छ । एक जिल्लाबाट अर्काे जिल्ला जान प्रर्तिबन्घ छ । साच्चै लकडाउनको पूर्ण पालना गाउँका मान्छेहरुले नै गरिरहेका छन् ।

स्थानीय तहको बिरोधमा उत्रिनेहरुलाई पनि कोरोनाले राम्रौ पाठ पढाएको छ । स्थानीयतहको जिम्मेवारी र भुमिकाको बिषयमा कोभिड १९ सगँ जोडेर प्रश्न उठाउने त्यति धेरै ठाउँ छैन् । स्थानीय जन प्रतिनिधिहरु पनि स्थानीय ऐन र कानुनको आधारमा स्थानीय प्रशासन चलाईरहेका छन् । सरकारले ’बाहिर ननिस्क निस्कि हाले पनि कम्तिमा ६ फिट दुरी कायम् गर्नु भनेर उर्दि जारी गरिरहेको छ ।’ तर श्रीमान गाउँघरमा छ फिट होईनकयौ कोष ताढा घरहरु छन् कतिपय ठाउँ बस्ति भेट्न एक घन्टा नै हिड्नु पर्ने छ । तर पनि गाउँघरमा पुर्णरुपमा लकडाउन छ । गाउँको मान्छेहरुले ईमानदारको साथ लकडाउनको पालना गरिरहेका छन् । त्यसैले श्रीमान सायद कोभिड १९ गाउँघर देखि डराउछ होला ! कुनै समय संघियता र स्थानीय तहलाई बाख्रोको सिङ् भन्नेहरुको जमात पनि थियो ।

यसको अर्थ बाख्रोको सिङ्को कहि काम लाग्दैन् भन्नु थियो । त्यसैले संघियतालाई बाख्रोको सिङ् संग दाजिएको थियो । तर परिवर्तित समय पछि सत्य सत्य नै सावित हुन्छ भन्नेकुराको तथ्य कोभिड १९ले छर्लङ्ग पारिदियो । त्यहि बाख्रोको सिङ् भनिएको स्थानीय तह आज थप मजबुत हुदै गयो । लकडाउनको पुर्ण पालना कहि भएको छ भने ,स्थानीय तहमा भएको छ । एक स्थानीय तहबाट अर्काे स्थानीय तह जान प्रर्तिबन्धित छ । एक गाउँ पालिकाबाट अर्काे पालिका जान प्रर्तिबन्धित छ । प्रत्यक वडा कार्यलयले स्वमयसेवक खटाएको छ । बिदेशबाट आएकोहरु पनि क्वारेन्टाईनमा बसेका छन् । तर नेपाल सरकार मुखदर्शक बनिरहेको छ । नेपाल सरकारको हेर्ने आँखाहरु बन्द छन् । यो सरकार नेपाली जनताकै लागि बनेको हो । भन्ने ब्यबहारिक र जिम्मेवारीको हिसाबले प्रसंशायोग्य काम गर्न सकेको छैन् । सरकारले यो अबधिमा नेपाली जनताहरुको लागि खासै गतिलो भुमिका खेल्न सकेन् ।

सरकारर चिर निन्दामा थियो तर सरकार सम्बद्ध नेकपा पार्टीको पनि खासै जिम्मेवारी देखिएन् । पार्टी जिम्मेवार देखिनु पर्ने हो देखिएन । मजदूर दिवस मनाउन लालायित पार्टीको भातृ मजदुर सगठन यति बेला कुनदुलामा लुकेका छन । सरकार निकटवर्ती हरुको निन्दा खुलेन् । प्रतिपक्ष पनि चिर निन्दामा आराम गरिरहेको छ । नेपाली काङ्गेसले पनि आवाज समेत उठाउन सकेन् । कुनै पनि दलका केहि कार्यकर्ताहरु बाहेक न कार्यकर्ता बन्न सकिरहेको छन् न आम नागरिक बनेर मजदुरको समस्या समाधान गर्न लागि परिरहेका छन् । माफि चाहन्छु ! यो देश मजदुर, र गरिबहरुको रहेनछ । श्रीमान यो बिपत्तिको समयमा देश भनेकै आफ्नो घर रहेछ । मजदुरले शहरमा घर बनाए । शहरले मजदुर बनाएन् । मजदुरले मालिक बनाए ,मालिकले मजदुर बनाए ।

मजदुरले कम्युनिष्ट बनाए । कम्युनिष्टले पनि मजदुर बनाएन् । सडकमा हिँडिरहेका मजदुरहरु सगँ केहि छ त केवल चाउचाउ र चिउरा छ । एक पोका चाउचाउ र पानीको भरमा सयौ कोस बाटोहरु काटनु छ । मजदुरको हक अधिकारको गफ छाँटेर कहिलै नथाक्ने कम्युनिष्ट नेताहरु नै आज सक्तिशाली दलको मन्त्री छन् । चिनिया मजदुरको कथा सुनाउदै नेता भएको शक्तिमान् मजदुर नेता नै शक्तिशाली सरकारको प्रमुख सल्लाहकार छन् । तर नेपाल सरकारको समृद्धिको नारा, नेपाली मजदुरहरुको लागि कुहिरो भित्रको काग झै बनेको छ । बरु सरकारको मजदुर नेताहरु नै औषधी खरिदको बार्गेनिङ्मा अल्झिरहेको छन् । स्वास्थ्य मन्त्री कोरोना सम्वन्धि सचेतना फैलाउने डाक्टरलाई नै स्पष्टिकरण सोध्नमै ब्यस्त छ्रन । इमानदार र कर्तब्यनिष्ठ डाक्टरहरुको पनि खैरेत छैन् रहेछ भन्ने चित्रहरु पछिल्लो दृस्टान्तले देखाईरहेको छ । तर पनि सरकार अझै पनि समृद्वीको उधारो आश्वासन बाँड्न पछि पर्दैन ।

सरकारलाई सिमापारीको नेपालीलाई ब्यवस्थापन गर्न हतार छैन् ! हतार छ केवल जति सक्दो छिटो भुमिसधार आयोग गठन गर्न ,र आफ्नो निकटस्थलाई जिम्मेवारी बाड्नु छ । सरकारलाई हतार छैन् सडकमा हिँडिरहेको मजदुरको ब्यबस्थावन गर्न , हतार छ त केबल छिटो भन्दा छिटो नयाँ अध्यादेश जारी गर्न र त्यो पनि आफ्नै अनुकुलमा पारित गर्न । सरकारले आवश्यकता महशुस हुँदैन विपत ब्यबस्थापन समिति गठन गरि काम कार्यप्रभाबकारी बनाउन ! सरकारलाई त हतार छ बिरोधीहरुलाई एकएक गरि परास्त गर्न ! किनकि सरकारलाई कहि पुग्नु छैन् सुदुर गाउँमा ! कहि पुग्नु छ त ! मजदुरलाई छ, उनिहरुलाई पुग्नु छ आफ्नो बासस्थानमा र बाँधिनु छ प्रेमिल पारिवारिक सानो घेरामा । त्यसैले त कम्युनिष्टहरुले भने झै ‘हजार माईल पार गर्न दिन ,रात घामपानी नभनि मजदुरहरु लामबद्व भएर राजमार्गमा हिडिरहेका छन् ।’