कोरोना प्रभावित विद्यार्थीलाई राहत दिन साइप्रसमा रहेका संघसंस्था एकजुट

  • २३ चैत्र २०७६, आईतवार
  • 2377 पटक पढिएको

लोकराज रोका मगर
साइप्रस (निकोसिया)
कोरोनाबाट प्रभावितलाई राहत दिन साइप्रसमा रहेका नेपाली संघ संस्था एकजुट भएका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन साइप्रस सरकारले घोषणा गरेको लकडाउनको कारण समस्यामा परेका साइप्रसमा रहेका नेपाली विद्यार्थीहरुलाई त्यहाँ रहेका नेपाली संघ संस्थाले राहत दिन थालेका हुन् ।

साइप्रसमा रहेको अवैतनिक बाणिज्य दुतावासको रोहोबरमा गैरआवसीय नेपाली संघ साइप्रसको संयोजकत्वमा साइप्रसमा रहेका प्रबासी नेपाली एकता मञ्च, तमु समाज, चितवन सेवा समाज, संघिय लिम्वुवान सामाजिक मञ्च, नेपाल तामाङ घेदुङ, ह्योल्मो एकता समाज, नेपाल मगर संघ, सेर्पा किदुक, किराँत राई यायाक्खा, निकोसिया लगायतका सामाजिक संघ संस्थाको सहभागीतामा राहत जुटाईएको छ ।

लकडाउनको कारण आफ्नो रोजीरोटीबाट विमुख भएर आफ्नै कोठामा बस्न बाध्य भएका विद्यार्थीहरुलाई खानाको लागि अभाब हुन नदिनको लागि ल्याईएको राहत प्याकजेमा चामल, दाल, चाउमिन, आलु, प्याज, सोयाविन, टमाटर पेस्ट लगायतका सामाग्रीलाई समेटीएको छ । राहत पहिलो र दोस्रो चरणमा गरि वितरण गरिने जनाईएको छ । राहत जुटाउन सबै संघ संस्थाबाट भएको एकताले सहजता मिलेको र यसले आपत विपतमा सहकार्यमा जोड दिएको भन्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रस र सहकार्य गरेका सम्बन्धित संघ संस्थाहरुको तर्फबाट साइप्रस बासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सकुशलताको कामना गर्दै आँफू र आफ्नो परिवारको स्वास्थमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

हाल कोरोना भाइरसको संक्रमण तीव्र गतिमा गइरहेको अवस्था छ, यसै अवस्थालाई मध्यनजर गर्दै साइप्रस सरकारले रोकथाम तथा निराकरणको लागि आगामी अप्रिल १३ सम्मको लागि लक डाउन घोषणा गरेको छ । यस अवस्थामा नेपाली कामदार र विद्यार्थी दाजुभाई तथा दिदिबहिनीहरु विभिन्न खाद्यान्न लगायतका अन्य समस्यामा पर्न गएकाले साईप्रसमा रहेको होनररी कन्सुलेट अफ नेपाल, निकोसियाको रोहवरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको संयोजकत्वमा र सम्बन्धित संघ संस्थाहरुको सहयोगमा राहत वितरण गर्न लागिएको जनाईएको छ ।

रहतको लागि अति जोखिममा परेका विद्यार्थीहरुले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको फेसबुक पेजको मेसेन्जरमा गएर आफ्नो सबै बिवरण टिपाउन अनुरोध गरिएको छ । बिवरणका लागि विद्यार्थी कार्ड, कलेज कार्ड, पासपोर्ट वा पिन कार्ड लगायतका कागजातहरु संलग्न गर्नुपर्नेछ ।

त्यसको लागि.एनआरएनए साइप्रसले प्रत्येक क्षेत्र निकोसिया, लिमासोल, लार्नाका, आइनापा र पाफोसमा रहेका आफ्ना प्रतिनिधी तयार पारेकाले, सम्बन्धित प्रतिनिधिसंग सम्पर्क गर्न अनुरोध गरिएको छ । विद्यार्थी बाहेक अन्य नेपालीलाई पनि एकदमै गार्हो परेको छ भने, सहयोगको वास्तविकता हेरी आवश्यकताको पहिचान गरि माथी उल्लेखित राहत सामाग्री उपलब्ध गराइने जनाईएको छ ।

राहतका लागी पायक पर्ने स्थान र बितरक ब्यक्तिहरू :

▪️निकोसियाको लागि एनआरएनए साइप्रसको फेसबुक पेज मेसेन्जरमा सम्पर्क गर्नुहोला!

🔹साथै एनआरएनए साइप्रससका पदाधिकारीहरु :
🔸राजन श्रेष्ठ , पाफोस- 99194307
🔸कल्पना राई, लिमासोल – 96694859
🔸पुरन मगर, आइयानापा – 99828689
🔸जसुपुन मगर , पारालिम्नी – 96517955
🔸सरस्वती खनाल ,पारालिम्नी – 96085187
🔸पत्रकार समिम मिया, लिमासोल – 96358646

🔹तामाङ बौद्ध महासंघ साईप्रस
▪️हिर तामाङ, लारनाका – 96197072.
▪️छिरिङ तामाङ – 96183082

🔹प्रवासि नेपाली एकता मंच साइप्रस
▪️केशव ठकुरि, लारनाका – 99164151
▪️धाता नन्द पाण्डे, लारनाका – 96588161

🔹चितवन सेवा समाज साइप्रस
▪️कविता भण्डारी, निकोसिया – 96 471974
▪️बिमल पुरी, पारालिम्नी – 96065282

🔹ह्योल्मो एकता समाज साइप्रस,
▪️कर्चुङ ह्योल्मो, पाफोस – 96024218
▪️दिकी ह्योल्मो – 97741572

🔹तमु समाज साइप्रस,
▪️धना गुरुङ, लिमासोल – 95570289
▪️कृस्टिना गुरुङ – 96094453

🔹नेपाल तामाङ घेदुङ साईप्रस,
▪️नानु गाेम्जा तामाङ, पारालिम्नी – 96739953
▪️साङमो थोकर तामाङ, पाफोस – 96114059

🔹नेपाल मगर संघ साइप्रस,
▪️दर्शन मगर, आईयानापा – 96309708
▪️खगेन मगर, पाफोस – 96269065

🔹शेर्पा किदुक साईप्रस,
▪️नुमु शेर्पा – 99945273
▪️ङिम दिकि शेर्पा, लिमासोल – 96705564

🔹संघीय लिम्बुवान सामाजिक मंच साइप्रस,
▪️बालकुमार लिम्बु, आइयानापा – 96621520
▪️मन्जु लिम्बु – 96578127

🔹किरात राई यायोक्खा साइप्रस
▪️गोमा राई, निकोसिया – 99035680
▪️निरु राई, निकोसिया – 96428526

🔸अध्यक्ष – दिल कुमारी तिलीजा पुन मगर
🔹महासचिब – कृप थापा
🔸सचिब – पुरन मगर