मल्लाज कालाञ्जर सेवा समाजद्धारा बृद्ध बृदालाई सहयोग

  • १२ चैत्र २०७३, शनिबार
  • 1101 पटक पढिएको

लेखनाथ ,१२ चैत । पर्वत मल्लाज लेकफाँट,सालिजा,धाईरिङ र वासखर्कवाट पोखरामा आई पेशा व्यवसाय गरि वसोवास गर्दै आएका वासिन्दाहरुको सामाजीक सस्था मल्लाज कालाञ्जर सेवा समाजले लेखनाथमा रहेको राधाकृष्ण बृद्धा श्रमलाई सहयोग गरेको छ ।

समाजीक क्षेत्रमा काम गर्दै आएको सस्थाले सनिवार एक कार्यक्रमका विच आश्रममा वसोवास गर्दै आएका बृद्ध बृदाहरुका लागि खाद्यान्य तथा फलफुल हस्तान्त्रण गरेको हो । मल्लाज कालाञ्जर सेवा समाजका पदाधिकारी सहितको टोलीले आश्रममा पुगी उक्त सामाग्री हस्तान्त्रण गरेको हो ।

समाजका अध्यक्ष नारायण प्रसाद सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा सल्लहाकार डाक्टर जगन्नाथ रेग्मीले मल्लाज कालाञ्जर सेवा समाजको स्थापना साथै उदेस्यका र धार्मीक तथा एैतिहासीक पक्षका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा आश्रम संचालन समितिका अध्यक्ष प्रेम लिगलले सस्थाको वस्तुस्थीतिका बारेमा जानकारी गराएका थिए।

सोही अवसरमा सस्थाका सलहाकार ज्योतिष चन्द्रकान्त पौडेलले स्वागत र सह सचिव होमनाथ पौडेलले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन सदस्य खिमनाथ शर्मा पौडेलले गरेका थिए ।