कांग्रेसको भन्दा नेविसंघ महाधिवेशन खर्च एक करोड बढी

  • २८ पुष २०७३, बिहीबार
  • 575 पटक पढिएको

कांग्रेसको सबैभन्दा ठूलो भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं माहाधिवेशन गर्न चार करोड ८७ लाख रूपैयाँ खर्च भएको छ ।

तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिका लागि १२ दिन बस्ने, खाने र महाधिवेशन तयारीका लागि पौनो पाँच करोड भन्दा बढी खर्च भएको हो ।

खानामा झन्डै दुई करोड ३४ लाख र बस्नलाई एक करोड ९८ लाख गर्दा नेविसंघको महाधिवेशन लागत खान र बस्नलाई मात्र ४ करोड ३२ लाख खर्च भएको देखिन्छ । नवनिर्वाचित कोषाध्यक्ष शिव रिमालले पाँच करोड जति खर्च भएको बताए ।

‘हामीले अन्तिम हिसाब निकालिसकेका छैनौं, तर पाँच करोडसम्म खर्च भएको अुमान छ,’ रिमालल भने, ‘केही दिनमा पूरा लागत निकाल्छौं ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।