ढाका बुनाई र सिलाई कटाई तालीम सुरु
- ६ जेष्ठ २०७५, आईतवार
- सन्तोष गौतम
- 2519 पटक पढिएको
बेनी ६ जेठ । बेनीमा आईतबारदेखि ढाका बुनाई र सिलाई कटाई तालीम सुरु भएको छ । बेनी नगरपालीकाको सहयोगमा म्याग्दी उद्योग वाणिज्य संघ अन्तरतगको महिला उद्यम विकास समितिको तालीम सञ्चालन गरेको हो ।
४५ दिनसम्म सञ्चालन हुने ढाका बुनाई र तिन महिने सिलाई कटाई तालीममा दशदश जना सहभागी भएका छन् । तालीम सञ्चालनका लागि बेनपा ८ ले एक लाख ७५ हजार र नगरपालीकाले एक लाख रुपैया बिनीयोजन गरेका छन् ।
तालीमको उद्घाटन गर्दै बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले विपन्न, गरिब महिलाहरुको आयआर्जन वृद्धी का लागि सिपमुलक तालीम सञ्चालनमा प्राथमिकता दिइने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख सञ्जु बरुवाल, ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण बराईली, बरिष्ठ घरेलु तथा साना उद्योग विकास अधिकृत शंकर झा र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
समितिका सभापती सुनिता केसीको अध्यक्षता र महासचिव बिष्णु गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।