निस्कोटमा सार्वजनिक सुनुवाई सम्पन्न

  • २२ फाल्गुन २०७३, आईतवार
  • कमल खत्री
  • 3038 पटक पढिएको

म्याग्दी,२२ फागुन । म्याग्दीको निस्कोट गाविसमा आइतबार सार्वजनिक सेवाप्रवाह सम्वन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । निस्कोट गाविस कार्यालयको आयोजनामा भएको कार्यक्रममा चालु आर्थिक बर्ष २०७३÷ ७४ मा कार्यालयबाट गाविसमा सञ्चालित विकास निर्माण अवस्थाको बारेमा अन्तक्रिया तथा सार्वजनिक सुनुवाई भएको थियो भने गाविस लगायतका स्थानीय निकायबाट प्रवाह हुने सेवा सुविधाबारे समेत छलफल भएको थियो । DSC_0018

कार्यक्रममा सहभागि स्थानियबासिले गाविसको कार्यालयमा बसेर गाविस सचिबले सेवाप्रवाह गरिनुपर्ने, गाउँको विकासमा विषयगत कार्यालय तथा राजनीतिक दलले ध्यान दिनुपर्ने, महिलाको क्षेत्रमा विनियोजन भएको बजेटको रकामान्तर गर्न नहुने, सरकारी तथा गैरसरकारी संघसस्थाले संचालन गरेका कार्यक्रमलाई प्रभावकारी गराउनुपर्ने, गाउँपरिषदको दायरालाई फराकिलो बनाई सबै क्षेत्र र समुदायका नागरिकको मागलाई समेट्नुपर्नेमा जोडदिएको थिए ।DSC_0082

त्यस्तै विधुतीकरण, सडक, खानेपानी,  शिक्षा, स्वास्थ्य लगायतको विकासका पुर्वाधार र सुविधालाई जनताको पहुचमा ल्याउनको लागि स्थानीय सरकारवाला एकजुट हुनुपर्ने सुझाव  स्थानीयले दिएका थिए । कार्यक्रममा बोल्दै गाविस सचिव छविलाल उपाध्यायले सिमित स्रोतसाधनका बाबजुत पनि निस्कोट बासीलाई सरल सहज रुपमा राज्यको सेवासुविधा प्रदान गर्न आफु प्रतिवद्ध रहेका बताउदै गाविसको समग्र विकासमा आफुले निरन्तर पहल गर्ने बताउनुभयो ।

DSC_0042

उहाँले चालु आर्थिक बर्षमा गाविसमा सम्पादन भएका कार्यक्रम तथा योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले गाविसबाट प्रवाह हुने सेवा सुविधालाई जनतामाझ लैजानका लागि आफुले हाल गाविस कार्यालयमा रहेको नागरिक बडापत्रलाई हरेक वडातहसम्म पु¥याउने तयारी गरेको जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमालेका बुद्धिबहादुर पुन, राष्ट्रिय जनमुक्ति पाटीका टंक पुन, इलाका प्रहरी कार्यालयका निमित प्रमुख दयाराम पौडेल, निस्कोट माविका प्रअ हरिबहादुर पुन, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष दिलबहादुर पुन, कृषि प्राविधिक मिना सेवाले सहभागीले गरेका प्रश्नको जवाफ दिनुभएको थियो । DSC_0037
कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदीले विकास निर्माणका सवालमा निस्कोटबासीले स्थानीय स्तरमा गरेका योगदानको महत्वपुर्ण भएको भन्दै गाउँका समस्या सम्वोधन गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभयो । गाविस सचिव उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रम जेष्ठ नागरिक अतिमा सुनारको प्रमुख आतिथ्यता, रामकुमारी पुनको स्वागत र सामाजिक परिचालक भबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो  ।

कार्यक्रममा स्थानियबासी, राजनीतिक दल, संघसस्थाको लगायतको सहभागि रहेका कार्यक्रममा संगम म्याग्दी, स्थानिय निकायको कानुनी तथा नीतिगत व्यवस्थ पालना अनुगमन कार्यक्रमका जबाफदेहिता अधिकृत हिरा शर्माले  सार्वजनकि सुनुवाई सम्वन्धि आचार सहिताबारे प्रकाश पार्नुभएको थियो भने सहजीकरण पत्रकार कमल खत्रीले गर्नुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l