सर्मपण……….

  • ३० माघ २०८२, बिहीबार
  • 83 पटक पढिएको

सर्मपण…………………त्यो ।।
गाजलु नयन ति, प्रेममा मात भो ।
मयालु मिठास बोलीले, प्रेममा घात भो ।।

गाजलु नयन ति, प्रेममा मात भो ।
मयालु मिठास बोलीले, प्रेममा घात भो ।।
विहानी किरणले सबेरै रात भो ।
बज्रपात के दियौ, नसाको साथ भो ।।

गाजलु नयन ति, प्रेममा मात भो ।
बज्रपात के दियौ, नसाको साथ भो ।।

देखेर तिमीलाई जीवनको आश भो ।
मायामा पाप लाग्यो दैवको वास भो ।।
जीउने आस पनि अन्तिम मास भो ।
लानु नै के छर एक मुठी सास हो ।।

गाजलु नयन ति, प्रेममा मात भो ।
लानु नै के छर एक मुठी सास हो ।।

रोग यो रामलाई रावणको हात भो ।
भुल भो प्रेममा जीवनमा लात भो ।।
उडायो सपना हुरीले सुकेको पात भो ।
विहानी किरणले सबेरै रात भो ।।

गाजलु नयन ति, प्रेममा मात भो ।
विहानी किरणले सबेरै रात भो ।।………….२
गाजलु नयन ति, प्रेममा मात भो । ……..२

एल.वि. रेड