केबल एक यात्राकि सहयात्री। – कथा

  • ३० श्रावण २०७४, सोमबार
  • 4267 पटक पढिएको

 नारायणगढको गर्मी , सहचालक अनि दलालहरु को किचकिच मान्छे वाक्क पर्थ्यो । यो बसमा जाउ येतिमा लग्छु भन्ने कति कति मलाई कसैको बिश्वास लागेन र म टिकट काउन्टरबाट टिकट लिएर चड्ने निधो गरें । निकै नै दोधार मा परेर घरमा जाने निधो गरेको थिएं।
सधैं बन्द हुने क्याम्पस अनि त्यो चितवन को गर्मी सोचेर नै घर जाने निर्णय लियेको थिएं। टिकट लिएर म आफ्नो बसको आफ्नै सिटमा बसें। सधैं सोच हुन्थ्यो कि आफ्नो साइडको सिटमा कोहि राम्रो केटी परोस् कम्सेकम गफ गरेरै भएनी त्यो यात्राको समय बितेको पत्तो हुने थिएन ।अझ सधै जाम हुने त्यो मुग्लिनको बाटो ।म गाडी को अन्तिम बाट दोस्रो सिट मा कल्पना गर्दै बसेको थिए कि कोइ राम्रो केटी परोस् छेउमा ।तब एक जना हेर्दा राम्री केटी गाडी मा चढिन् ।म सोचिराको थिएं कि उ मेरो साइड मा परोस् तर अगाडि नै खाली थियो उ तेहि बसि।
तर संयोग भन्नू पर्छ सहचालकले एक जोडिलाई गाडी मा लिएर आयो ।सिट खाली उस्को साइडको र मेरो साइड को मात्र थियो । जोडी थिए , कि जोडी झर्नु पर्थ्यो कि उ म संग बस्नुपर्थ्यो। सहचालकले उसलाई मेरो साइडको सिटमा बस्न अनुरोध गर्‍यो र उस्ले पनि आनकानी गर्दै हस भनी। मेरो मनमा लड्डु फुटिसकेको थियो । अझ सहचालकले जिस्काउदै थियो त्यो भाइ संग गफ गरेर बस न भन्दा मैले हासो रोक्न सकिन। उ आफ्नो हेन्ड ब्याग बोकेर मेरो नजिक आइ। “कहाँ सम्म पुग्ने? ” औपचारिकता व्यक्त गर्दै सोधेँ ।
“पोखरा ” उस्ले मुस्कान साथ उत्तर फर्काइ। उस्ले पनि सिटमा बस्दै औपचारिकता व्यक्त गरी “तपाई कहाँ सम्म पुग्ने?” “यो गाडीको अन्तिम गन्तव्य भन्नुपर्छ ।” “मत्लब? ” उसलाई थाहा थिएन यो बस कहाँ सम्म पुग्छ। “बेनी , घर कता तिम्रो ? पोखरा या चितवन ” “चितवन ” “चितवन कहाँ ?” “पार्वतीपुर” “म पनि रामपुर पढ्छु।” बल्ल उस्ले अल्लि सजिलो अनुभव गर्दै सोधी।”कुन सेम ? गिता दिदिलाई चिन्नुहुन्छ?” “अ… चिन्छु एउटै सेम, “मैले भने , “5th सेम, फ्याकल्टी फरक।” “ओ ,” उस्ले भनी “टिउसन पढाउनु हुन्थ्यो ।”
उस्को स्वर पनि मादक रहेछ। बाक्लो तर भर्खरै पाकेर झरेको अाँपको रस जस्तो , मिठो । उसको सिटको साइड मा चिसो रहेछ । पानी चुहिए जस्तो थियो। “म हल्का सरे ल ।” उस्ले अनुरोध गरी । येस्तो अबसर कुन मुर्खले गुमाउछ? म ‘तपाई ‘बाट ‘ तिमी ‘मा झरिसकेको थिएं। म पुर्ण बिश्वासत थिएं उ पक्कै म भन्दा सानी हो । मैले सोध्नै भुलेको रैछु उस्को नाम पो के हो। हल्का लजाउदै सोधेँ “तिम्रो नाम के हो?” “आयुशा श्रेष्ठ ,” उस्ले भनी” तपाईंको?” “अनुप पौडेल , कति मा पढ्दै छौ त ?” “१२” “कुन कलेज ? अरोमा ,अर्किड?” “बजारको होइन गाउँ कै मा हो ,” उस्ले भनी “कति दिन बिदा छ ? बहुत बन्द हुन्छ है रामपुर मा ?” “अनिश्चित काल हो ,” मैले भने “तिहार पछि हुन नि सक्छ ।” “तिमी के गर्छौ त १२ पछी ?” प्रसङ्ग बद्ल्दै सोधेँ मैले । “पढाई तेस्तो राम्रो छैन, डान्स ट्रेनिङ गर्दै छु ।”
“डान्सर पो !” हल्का धेरै थाहा भएको जस्तो गर्दै सोधेँ “हिपहप कि क्लासिकल ?” “क्लासिकल सिक्दै छु ।” उस्का सफलता अनि अनुभव सुन्नु को मज्जा बेग्लै थियो ।”यस मा फस्ट भएं ,यसमा जजले नै अर्को लाई जिताए।” बस गुडिसकेको थियो र आपटारि बाट रामनगर पुगिसकेको थियो । बस भन्दा रफ्तारको साथ हाम्रो कन्भर्सेसन चल्दै थियो । “मुग्लिन नारायणगढ सडक कहिले पुर्ण म्रमत हुन्छहोला ?” उस्ले पनि असन्तुष्टि पोखी अनि भन्दै थिइ “म प्रधानमन्त्री भाको भए त राता रात बनाउने थिएँ । ” “रानी बन तिमी ,रानी भन्दा कम छैनौं ,” जिस्किदै भनें । “राजा नभाको देशमा रानी कसरी ?” उस्ले नि जिस्किदै प्रश्न गरि ।
“म छु त ” हास्दै भनें। जिस्काउने त बाहाना थियो उस्को प्रतिक्रिया जान्नु मन थियो । सायद लजाइ उ र प्रसङ्ग बदली” दादा काठमाडौंबाट आउदैहुनुहुन्छ उहाँ अलि ढिला मुग्लिन आए त म ओर्लनु पर्छ सङै पोखरा जाने भन्नुभाछ ।” म हल्का खिन्न भए। मैले पोखरासम्म नै उसैसंग यात्रा गरेको कल्पना गरिसकेको थिएं। के उसंग को यात्रा मुग्लिनसम्म मात्रै हो त? “उस्को दादा छिटै आइपुगोस मुग्लिन ” मुग्लिनको बाटो तेस्तै ,अझ बसको लेन खोला साइड्को थियो र उ खोलाको साइडकै सिटमा थिइ।
पानी परेर खाल्डाखुल्डी थिए , हामी दुई बीच १ इन्च पनि दुरि थिएन होला । बस घचक्क हल्लियो , उसले चपक्क मलाई समाती । “किन डराको नडराउन, ” मैले भने “मर्न देखि तेति डर लाग्छ?” “खै मर्न डर लाग्या हो कि के हो ।” उस्ले भनी ” म अत्ति डराउछु खोला संग ,पहिलो चोटि मम्मि संग काठमाडौं जादा मम्मीको हात एकछिन छोडेको थिइन ।” मलाई उस्को त्यो निर्दोष अनुहारको बहुत माया लाग्यो । सान्चीनै बहुत राम्री थिइ ,आखा चंचल थिए । उस्ले मेरो हात अझै छोडेकि थिइन । उस्को हातको स्पर्श सान्चीनै आनन्ददायी पल थियो । उस्ले कति बिस्वास गरि उस्ले अफ्ठेरो समयमा मेरो हात समाइ । उस्ले अनुमति दिए त जिन्दगी भर उस्को हात समाउन तयार थिएं। “आज मेरो बर्थ्डे हो नि ” मैले भने र एउटा चकलेट दिएं। उ छक्क परि र भनी “ह्यप्पी बर्थ्डे , के गिफ्ट दिउँ त” “तिमिसंग को भेट अनि मित्रता नै मेरो जन्मदिनको अमुल्य उपहार हो ” मैले भनें। “म भाग्यमानी रहिछु।” “भाग्य होइन, “मैले भने “संयोग भन्नुपर्छ ।” मैले फेसबुक खोले अनि सधै मित्रता जोड्ने माध्यम पनि फेसबुक हुनसक्थ्यो ।
“साच्चि तिम्रो फेसबुक नेम के छ ?” मैले भने “चलाउछौ होला नि ?” “दिम्पल आयुशा, ” उस्ले सहजै उत्तर दि “साथिले राखिदिएको ।” मैले उस्कै अघि याड गरें। “पारी हेर्नु न कति राम्रो सिन छ ।” “अ .. साच्चि नै नेपाल सौन्दर्यले भरिपुर्ण छ ,” मैले भनें। म प्राकृतिक सौर्न्दर्यलाई उस्को सौर्न्दर्य संग तुलना गर्दै थिएँ । उस्को त्यो आँखा , त्यो रातो गाला , मिलेको ओठ , कालो कपालको त्यो माधक सुगन्ध वाह! उसले इयरफोन झिकेर सोधी” गीत सुन्ने ?” मैले तेस्तो मौका कसरी गुमाउथें अझ उस्को समीपमा जान सक्थें। गीत बजिरहेको थियो “जग घुमेया थारे जेसा न कोहि …..” बसमा धेरै देखिने जोडिको याद आयो गीत सुन्ने बहानामा टासिएर बसेका हुन्थे। मलाई पनि जोडी भएको आभास भयो । “हेर्नु त पारी तेस्तो भिरमा घाँस काटिरहेछन ,”उस्ले उत्सुकता मान्दै मलाई देखाइ।
“हामी पनि यसरी घाँस काटेरै गाइ भैंसी पाल्छाैं,” मैले भनें “तिम्लाइ घाँस काट्न आउँछ ?” “अ.. रहर त लाग्छ तर सधै हात काट्छ ।” मलाई हासो लाग्यो “जाउ हिड मेरो घर म सिकाउला तिम्लाइ घाँस काट्न ” मैले जिस्काउदै भनेे। “घरमा गाली गर्नुहोला नि तपाइँलाई कसलाई लिएर आयो भनेर ” “बुहारी हो भनौला नि के भो त ” हास्दै भनें । “आट छ लैजाने ?” उस्ले मलाई चुनौती दिदै भनी । “कति सम्म आट छ हेर्छौ” भन्दै उस्को हात समातें। उस्ले लजाउदै भनी “बाहुन संग त जादिन हामी नेवारलाइ रक्सी चाइन्छ ।” “के भो त म पनि साथ दिउला नि ।” येस्तै मा उस्को फोनको घण्टी बज्यो । उस्को दादाको थियो होला । भन्दै थि “नाइ म त नपर्खिने २ घन्टा के गरि बस्ने एक्लै ।” सायद उस्को दाइलाई मुग्लिन आइपुग्न अझ २ घन्टा लाग्ने रहेछ । तर अन्तमा “ल ल छिटो आउनु “भन्दै फोन राखी ।
मेरो मनमा चिसो भयो सायद यात्रा येहि सम्म नै रहेछ ।उस्ले भन्दै थिइ “जाम परेको भएनी हुने ” ,मैले नि तेहि सोच्दै थिएं। मुग्लिनको पुल देखियो मन मा बिछोडको अनुभव हुन थाल्यो ।आज त सधै समय लाग्ने र अल्छि लाग्ने बाटो सजिलै कटेको पत्तो भएन । सहचालक ले” ल मुग्लिन झर्ने अगाडि आउनुहोस्” भन्दै अघि बोलायो । उ पनि खुशी थिइन होला जबर्जस्ती “बाइ “भन्दै बस बाट झरी । र बस एकछिन नरोकी अगाडि बढ्यो । उ संग को यात्रा येहि सम्म रहेछ सोच्दै लामो सास फेरें। घर पुगेँ र पर्खिरहें उस्ले कतिबेला फ्रेन्डरिकोएस्ट एसेप्ट गर्छे तर उस्ले गरिन। यात्रा कि सहयात्री लाई जिन्दगी को सहयात्री बनाउने अब कुनै माध्यम थिएन । म संग अब केबल ती रमाइला पल मात्र बाकी रहनेछन् । प्रतेक चोटि को मुग्लिन नारायणगढ यात्रामा उस्का यादहरु ले झक्झकाइ रहने छन् । उनि केबल यात्राकि सहयात्री मात्र रहनेछिन्
 
अनुप पाैडेल “एक प्रेमी”
बे न पा ४ ताताेपानी
रामपुर कृषि क्याम्पसमा अध्ययनरत