रघुगङ्गाको केन्द्र विवाद कहिलेसम्म ? विकासककै लागि हो भने केन्द्र रिखार राखौँ !

  • ५ श्रावण २०७४, बिहीबार
  • 5388 पटक पढिएको

लामो समयदेखि हाम्रो यस रघुगंङ्गा गाउँपालिकामा केन्द्रको विषयमा विवाद भैरहेको छ । आज म यो मेरो विचारले विवादको हल निकाल्न नसक्ला तर केहिहद सम्म साचिकैको र सबै क्षेत्रमा बराबर विकास चाहाने विकासप्रेमि महानुभावहरुका लागी यो कुरा केहि हदसम्म ठिक लाग्नेछ र उहाँहरुलाई एक पटक सोच्न वाध्य बनाउने छ । तर मै खाउँ र मै लाउँ भन्ने भावना भएका मानिसलाई अवस्य यो कुरा हावादारी बक्वास लाग्नेछ ।एक पटक हाम्रो जिल्लाको केन्द्रको पछिल्लो संरचना हेरौ त त्यो कुन रुपमा उपयुक्त थियो होला । बेनिबजार आउनालाई गुर्जाबाट दुई दिन हिड्नुपथ्यो । यो केन्द्र न त गुगलको आधारमा तोकियको थियो, न कुनै बैज्ञानिक कारण सहित नै । केन्द्र जहाँसुकै भएपनि गुर्जा, मुना, कुईनेमङ्गलेलाई विकासको गन्ध पनि सुघ्न दिईएन ।

यस्तै घटना देशका सबै भेगमा भयो र यो संघिएताको कुरा आयो हजारौ योद्धाहरुले यसका लागी आफ्नो ज्यानको आहुति दिए र गाउँ गाउँमा सिहँदरवारको अवधारणा आयो । तर शोशक र सामन्तहरु फेरी पनि उहि पुनारो रुपमा लैजान तिल्लिन भएर लागेका छन् । उनिहरु अहिले पनि गाउँपालिकाको केन्द्रलाई आफ्नो केन्द्रविन्धु बनाउने र जग्गा दलाली गर्ने, भएको बजेटको ठुलो हिस्सा स्थानिय केन्द्रविकासमै खर्च गर्ने काममै तल्लिन भैरहेका छन् । उनिहरु विकासको नाममा पहिलाको ढुङ्गाको घरमा बाहिरबाट सिमेन्टको लेपन मात्र लगाएर नयाँ देखाउन खोजिरहेका छन् । हामिले खोजेको संघियता देखाबटि नभएर पुर्ण नयाँ, मजबुत र भुकम्प प्रतिरोधात्मक संघियताको संरचना हो । हामिले खोजेजस्तो संघियताका लागी आवाज उठाउन फेरी हजारौ नेपालि आमाका सन्तानले आफ्नो रगरको बलिदान दिन नपरोस । म मुख्य कुरा रघुगङ्गाको विवादमा केन्द्रित हुन चाहे ।

अहिलेको हाम्रा केन्द्र विवाद पाखापानि वा मौवाफाट भन्नेमा छ र यस विषयको निकासका लागी दर्मिजा भन्ने कुरा आईरहेको छ तर एक पटक सोचौ त के कुईनेमङ्गलेका कुनाकप्चरामा बस्ने नागरिकले विकासको अनुभुति गर्न सक्लान । अहिले हामिद्धारा विकास र सुगमताको नाममा उहि विकसित ठाउँमा केन्द्र राखेर त्यहि ठाउँलाई विकास गर्ने योजना वनिरहेका छन् । यहाँ हामि भोकालाई कपडा र नाङ्गालाई खाना बाड्न डौडिरहेका छौ । हामि दिर्गकालिन र बरावरको विकासको मोडेलमा हिड्न सकिरहेका छैनौ । होला कहिलेकाहिँ समानतामा न्याय नहुनपनि सक्छ । मेरो विचारमा यदि दिर्गकालिन र समान रुपमा रघुगङ्गा गाउँपालिकाको विकासगर्नु छ, संघियतालाई जनताको काखमा लैजानेहो भने केन्द्र रिकार लगेर राख्नुपर्छ । होला रिखारमा अहिले मानव वस्ति नहोला, विकासका पुर्वाधार मानिने मोटरवाटो नहोला अव हामि नयाँ वस्ती बसालौ न त के सम्भव छैन होला ? के विदेश र नेपालमै पनि यतिको उचाई र तापक्रममा कुनै पनि सहर नहोलान त ?

यदि हामि रिखारमा नयाँ केन्द्र बनाउन थाल्छौ त होला हाम्रो अवको एक दशक दुःखमा वस्नु पर्ला तर त्यसपछि आउने हजार वर्ष एक समृद्ध गाउँपालिकामा गनिने छ यो गाउँपालिका । केन्द्रमा पुग्नका लागी बेग, भगवति, पिप्ले, झिँ, पाखापानि, चिमखोला जतासुकै बाट बाटो केन्द्रमा बाटो पुग्नेछ, आवजजावतको ढिलाईका कारण बाटो पिच गर्न थालिनेछ, तव बाटो पिच गर्न सुरु गर्छौ त बजेटको समस्या अवश्य देखिनेछ । जव बजेटमा समस्या पर्छ त समाधानका बाटाहरु प्रसस्त भेटिनेछन् । बार्षिक करोडौ रुपौयाँको बनजङ्गलमा कुहिने काठलाई पैसामा रुपान्तरण हुनेछ । हामिले हाम्रो बनको उपयोग गरेर सजिलै एउटा ठुलो पेपर उद्योग १० बर्ष संचालन गर्न सक्नेछौ । त्यहि बोटको ठाउँमा डाले घास र अन्य घासहरु लगाउदा १० बर्ष भित्रमा १००० बटा व्यवसाहिक गाई फारम चलाएमात्र करिव १००० भन्दा बढिलाई यहि स्थानिय रुपमै रोजगार दिन सकिन्छ । यस भेगका सिलाजितका पहाडहरु डरलमा रुपान्तरित हुनेछन् । यार्चागुम्वा, जटामसि, ५ अम्ले जस्ता जडिबुटीले सधै स्वास्य रक्षा र डरलको विटो बनेर आउनेछन् । सम्भावनाको विगुल फुकिनेछन् ।

यो कुनै आभेगमा आएर वा भावनामा बगेर लेखेका शव्द होईनन्, यो व्यवहारिक रुपमा हेर्ने हो भने पनि सम्भव छ । म ठोकुवा गरेर भन्न सक्छु यदि गाउँपालिकाको केन्द्र पाखापानि, मैवाफाट बा अन्य तेस्रो स्थानमा भयो भने अवको २० बर्ष पछि पनि रिखारले मोटरबाटो देख्ने छैन्, प्रचुर सम्भावनाका केन्द्रहरु यतिकै विलिन भएर जानेछन् र हामी अन्य विकसित मुलुक भन्दा १०० बर्षमात्र होईन हजारौ वर्ष पछि पर्नेछौ । हाम्रा युवा अझ सयौँ बर्ष विदेशिको गुलामि गर्न बाध्य हुनेछन् । अन्तमा मेरो निचोड भनेको अब गाउँपालिकाको केन्द्र विवादमा समय गुजार्नु व्यर्थ हुनेछ भन्ने नै हो । अहिले सुगम र दुर्गमको उपमा विकासको असमान वितरणले निम्त्याएको हो ।

सबै क्षेत्रमा सहज यातायात, शिक्षा, स्वास्थ्य, खानेपानीको सहज पहुँच, रोजगारिका अबसर सृजना गर्न सक्ने हो भने रघुगंगा गाउँपालिकाको केन्द्र जुन ठाउँमा राखेपनि तात्तिक परख पर्दैन् । तर गाउँपालिकाको केन्द्र प्राकृतिक प्रकोपहरु जस्तै बाढी, पहिरो, भूक्षय, नदी कटान जस्ता समस्याग्रस्त ठाउँ भन्दा प्राकृतिक प्रकोपबाट कम जोखिम रहेका ठाउँमा राख्नु उपयुक्त हुनेछ । अहिले जसरी गाउँपालिकाको केन्द्र विवादले रघुगंगामा जुन खालको समस्या निम्त्याएको छ त्यसलाई सहज रुपमा समाधान गरि केन्द्रबाट अपायक पर्न जाने बस्तीका नागरिकलाई सहज रुपमा केन्द्रसम्म पुग्ने विकासका पूर्वाधार निर्माणतर्फ रघुगंगा गाउँपालिकाका जनप्रतिनिधिहरुको ध्यान पुग्न जरुरी छ ।
सागर भण्डारी
राखु भगवती
हाल बेनी