लघुउद्यम विकास कार्यक्रमको अनुगमन

  • ३१ असार २०७४, शनिबार
  • कमल खत्री
  • 2815 पटक पढिएको

म्याग्दी ३१ असार । म्याग्दीमा सञ्चालित गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम (मेडेपा) को प्रभाबकारीताबारे अनुगमन गरिएको छ । घरेलृु तथा साना उद्योग विकास समितिद्धारा कदम म्याग्दी मार्फत सञ्चालित मेडेपा कार्यक्रम अन्र्तगत मालिका गाउँपालिका– ६ दुखु र दरबाङमा भएका लघुउद्यमम विकास कार्यक्रमहरुको जिल्ला उद्यम विकास समितिका पदाधिकारीद्धारा शनिवार अनुगमन गरिएको हो ।    

मेडेपा कार्यक्रम अन्र्तगत दुखु र दरबाङमा ७५ जनालाई भांग्रा कपडा उत्पादन, स्विटर बुनाई, उनी झोला उत्पादन, कुखुरा पालन र मुढा बनाउने तालिम दिईएको थियो । तालिम लिएका उद्यमीहरुलाई प्रारम्भिक रुपमा व्यवसाय सुरु गर्नका लागि आबश्यक उद्यमशिलता तालिम, शिप विकास तालिम, प्रविधि तथा सामाग्रीहरु सहयोग गरिएको थियो । साथै कार्यक्रमले लघुउद्यमीहरुको विक्तिय पहुँच बढाउन र उनीहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरणमा समेत सहजीकरण गर्दै आएको छ ।

दुखु र दरबाङमा गरिएको अनुगमनको क्रममा जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य, घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मिरादेवी अधिकारी, घरेलु तथा साना उद्योग महासंघ म्याग्दीका अध्यक्ष लिलाराम गौतमले लघु उद्यम सुरु गरेका उद्यमीहरुलाई गुणस्तरीय सामाग्री उत्पादन गर्न आग्रह गर्नुभयो ।


उहाँहरुले पहिलो चरणमा तालिम लिएर व्यवसायिकतातर्फ उन्मुख हुन लागेका उद्यमीहरुलाई थप प्राविधिक सहयोग गर्न आबश्यक पहल गर्ने बताउँदै उद्यमसिलतालाई निरन्तरता दिन सुझाब दिनुभयो । कार्यक्रममा लघुउद्यम विकास कार्यक्रमका बजार सहयोग तथा बजार विकास बिशेषज्ञ रजनी थापाले लघु उद्यमीहरुले आफ्नो सामाग्रीमा नयाँपन र गुणस्तरीयता कायम गर्न सकेमा बजारको अभाब नहुने भन्दै गुणस्तरीय सामान उत्पादन गर्न सकेमा उद्यमीहरुको आर्थिक अबस्था समेत बलियो हुनेमा जोड दिनुभयो ।

सो अनुगमनको क्रममा कदम म्याग्दीका प्रकाश रेग्मीले कार्यक्रम सञ्चालनको अबस्था र त्यसले पारेका सकारात्मक प्रभाव तथा कार्यक्रमका क्रममा आएका चुनौतिहरुको बारेमा जानकारी गराउनुभएको थियो । सो अनुगमन टोलिमा सामुदायिक बना उपभोक्ता महासंघका अध्यक्ष सिता गुरुङ, लघुउद्यमी समुह संघका अध्यक्ष लिला पुन, महिला सम्न्वय समितिका उपाध्यक्ष विना खड्का लगायतको सहभागिता रहेको थियो ।

अनुगमन टोलि समक्ष लघु उद्यमीहरुले आफुहरुले भांग्रा, झोला बुन्ने सिकाईको क्रममा प्रारम्भीक सिप सिकेर व्यवसायिक रुपमा उद्यमशिलता गर्ने तयारी गरीरहेको भन्दै सिपलाई निखार ल्याउन थप तालिम सञ्चालन गर्न माग गरेका थिए । यसैबिच दरबाङमा घरेलु तथा साना उद्योग विकास समिति मार्फत लघुउद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको बजार व्यवस्थापनबारे स्थानीय व्यवसायि र लघुउद्यमीहरुबिच अन्र्तक्रिया समेत गरिएको छ ।

तालिम मार्फत सिप सिकेर स्विटर, झोला, भांग्रा लगायतका सामाग्री उत्पादन सुरु गरेका लघु उद्यमीहरुको सामाग्रीको सहज बजारीकरणको लागि स्थानीय व्यवसायीहरुसंग अन्र्तक्रिया गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l