यान्त्रिक कृषि प्रबिधि रम्दै मार्फाली किसान समूह

  • २८ असार २०७४, बुधबार
  • 4027 पटक पढिएको

मुस्ताङ मुस्ताङ२८,असार । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत जिल्ला कृषि बिकास कार्यालयको समन्वयमा संञ्चालित मार्फा स्याउँ ब्लक संञ्चालक समितिमा आवद्ध मार्फाका करिव २ सय किसान समुह यतिखेर आधुनिक यान्त्रिक प्रबिधि प्रयोगमा रमाएका छन् । जिल्ला कृषि बिकास कार्यालयले उपलब्ध गराएको अनुदानमा मार्फा ब्लक संञ्चालक समितिले यान्त्रिक प्रविधि खरिद गरेका हुन् ।बुधवार मार्फामा यान्त्रिक प्रविधिको प्रयोग गर्दे ब्लक संञ्चालक समितिका अध्यक्ष राजु लालचनले यान्त्रिक प्रबिधिले समुदायमा आवद्ध किसानलाई उत्साहित बनाएको बताए ।‘यान्त्रिक प्रबिधिले किसानको समय किफायत भएको छ।छोटो समयमा धेरै काम गर्ने भएकाले यसको माग बढेको हो’उनले भने ‘काम गर्ने म्यानपावरको रित्तता र परम्परागत खेतीले किसानले व्यवहोर्दे आएको समस्यालाई सुल्झाउँन यो प्रबिधि प्रभावकारी हुँनेछ ।’

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सहुलियतमा भित्रिएको नयाँ प्रबिधिले मार्फाली किसानहरुमा नयाँ उर्जा थपिएको ब्लक संञ्चालक समितिका सचिव दिपक लालचनको भनाई छ।‘बैदेशिक रोजगारले गाउँमा यूवा छैनन्,पर्यटन व्यवसाय धान्नै प¥यो’उनले भने ‘यान्त्रिक प्रबिधिले स्याउ ब्लक संञ्चालनमा उपयोगी बनेको छ,यन्त्रको सहयोगले जुनसुकै अवस्थामा काम गर्न सहज बनेको हो।’ स्याउँको राजधानी समेत मानिने मुस्ताङको पर्यटकिय गाउँ मार्फामा जिल्ला कृषि बिकास कार्यालयले स्याउँ ब्लक निर्माण गरेको हो ।परम्परागत कृषि प्रणालीलाई बिस्थापित गरि समग्रःकृषिक्षेत्रको समून्नत बिकास गर्ने उद्देश्यले कार्यालयले यसवर्ष मार्फा सामूदायिक ब्लक संञ्चालक समितलाई करिव ८३ लाख ८३ हजार बिनियोजन भएकोमा पोष्ट हायरवेस्ट खरिदमा ५० प्रतिशत अनुदानमा करिव ५५ लाख रुपैयाँ उपलब्ध गराईएको मार्फा स्याउँ ब्लक अधिकृत बुद्धि भट्टराईले जानकारी दिए ।

उनले १७ लाख मूल्य बराबरको २ वटा ठूलो खेत जोत्ने ट्याक्टर र करिव ९० हजार मूल्य पर्ने ११ वटा घाँस काट्ने र जोत्ने मिनी टे«लर खरिद भएको जानकारी दिए ।उनका अनुसार कस्टम हार्डवर्यर अन्तर्गत पानी राख्ने बाल्टिन,थोपा सिचाई औजार,स्याउँ टिप्ने झोला,स्याउ प्याक गर्ने कार्टुन आदीमा ८५ प्रतिशत रकम अनुदान उपलब्ध भएको हो । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्तर्गत जिल्लामा २ वटा ब्लक र ४ वटा पकेट समूह गठन भएको हो ।साविकको कोवाङ,लेते र कुञ्जो गाविस जोडेर करिव ७५ हेक्टर जमीनमा आलु ब्लक संञ्चालक समिति गठन भएको छ ।चालु आ.व.मा आलु ब्लकका लागि कार्यालयले ५१ लाख बिनियोजित रकम मध्ये करिव ३५ लाख उपलब्ध गराएको आलु ब्लक अधिकृत अनुप नैनावस्तीको भनाई छ।

उनले टुकुचे,छुम्बा,मूक्तिनाथ र स्याङमा स्याउँ तथा तरकारीका ४ वटा शहकारी पकेट स्थापना भएको बताए।उनले चालु आ.व.मा कार्यालयले ति पकेट गठन भएका कृषक समुहलालाई करिव ११ लाख २८ हजार रकम उपलब्ध गराएको बताए । चालवर्षको आ.व.मा ब्लक संञ्चालक समिति गठन भएका सामुदायिक किसानको शिप र दक्षता अभिबृद्धि गर्ने उद्देश्यले कार्यालयले तालिमकेन्द्रको समेत स्थापना गरेको छ ।स्याउँ र आलु ब्लक तालिमकेन्द्रको लागि १० लाख खर्च भएको हो ।आगामी आ.व.मा परियोजना संञ्चालनका लागि ८० लाख रकम बिनियोजन भएको छ ।जसमध्ये २ ब्लकका निम्ति ६० लाख र ४ वटा पकेटका लागि २० लाख छुट्याईएको कार्यालयको भनाई छ ।कृषि व्यवसायलाई थप उर्जाशिल बनाउन निमार्ण भएका ब्लक र पकेटमा बढी भन्दा बढी कृषकहरु सहभागीता हुँनेगरि बिस्तारित निति योजना अनुसार कार्यक्रम संञ्चालन गरिने कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कृषि परियोजनाले १० वर्षिय गुरुयोजना अन्तर्गत १ खर्व ३० अर्व ७४ करोड २० लाख बिनियोजन गरिएको हो ।जसमध्ये सरकारले चालु आ.व.२०७३÷२०७४का लागि ५ अर्व ७८ करोड ६२ लाख ७५ हजार बजेट बिनियोजन गरेको थियो ।जसमध्ये चालुवर्ष मुस्ताङमा १ करोड ५६ लाख रकम बिनियोजन भएको हो ।