ओली समुहको बेनीमा कार्यकर्ता भेला

  • १९ पुष २०७७, आईतवार
  • 1422 पटक पढिएको

 

म्याग्दी, १९ पुष । नेपाल कम्युनिष्ट पाटीको ओली समुहले शनिबार सदरमुकाम बेनीमा अगुवा कार्यकर्ता भेला गरेको छ। भेलालाई नेकपाका स्थायी कमिटी सदस्य किरण गुरुङले ताजा जनादेशको विकल्प रोज्नु असंवैधानिक कदम हुन नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ताजा जनादेशका लागि जनतामा जानु लोकतान्त्रिक कदम भएको जिकिर गरे । सोही भेलामा नेकपा केन्द्रीय सदस्य तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापा, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव गोविन्द नेपाली केन्द्रिय सदस्य भूपेन्द्रबहादुर थापा, बालकृष्ण काउचा, गण्डकी प्रदेश कार्यालय सदस्य नवराज शर्मा र सामाजिक विकास मन्त्री नरदेवी पुनले केपी शर्मा ओली राजनेता भएको बताउँदै मनमोहन अधिकारी र केपी ओलीले अहिलेसम्म भएका प्रधानमन्त्रीभन्दा सबैभन्दा राम्रो काम गरेको ठोकुवा गरेका थिए । उनीहरुले प्रधानमन्त्री ओलीलाई प्रचण्ड र माधवले जनताको काम गर्न नदिएको धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमोद श्रेष्ठ, दिपक कार्की, राजकुरमार थापा, पुस्कर विक, शुभास विक, भुपेन्द्र बुढाथोकी समेत उपस्थित रहेको थिए । भेलामा केन्द्रिय सदस्य हरीकृष्ण श्रेष्ठले ८ बुदे प्रस्ताव सार्वजनिक गर्दै पारित गरेका थिए ।नेकपाका केन्द्रीय सदस्य श्रेष्ठको अध्यक्षता, सचिवालय सदस्यद्वय सन्तोष रावलको स्वागत र सुरत केसीको सञ्चालनमा भेवला सम्पन्न भएको थियो ।