जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई कोरोना संक्रमण पुष्टि, कार्यालयको सबै सेवा बन्द

  • २७ आश्विन २०७७, मंगलवार
  • 1545 पटक पढिएको

पर्वत २७ असोज । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा अध्यक्ष मल्ललाई कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएसंगै अध्यक्ष मल्ल पोखरा स्थित चरक अस्पतालको आइसोलेशनमा बसेको उहाँको अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ।

आइतबार जलजला गाउँपालिकाबाट अध्यक्ष मल्ल लगायतका ४४ जनाको नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पोखरा पठाएकोमा अध्यक्ष मल्ल र वडा नम्बर ८ का एक युवामा कोरोना संक्रमण देखिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा जानकारी दिनुभयो । अध्यक्ष मल्ल केही दिन अघि काठमाण्डौं पुगेर फर्किनुभएको थियो ।

गाउँपालिकाका कर्मचारीहरु पनि कन्ट्याङ टेसिङमा परेकाले भोली बुधबार देखि अर्को सूचना जारी नहुँदा सम्म गाउँ कार्यपालिका र सम्पूर्ण वडा कार्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।