भेडाबाख्रा गोठको सारथी ‘कुकुर’

  • २४ बैशाख २०७७, बुधबार
  • धिरन खत्री
  • 3371 पटक पढिएको

धिरन खत्री
म्याग्दी, २४ बैशाख । हिमाली जिल्ला म्याग्दीमा विभिन्न स्थानमा ब्यवसायिक रुपमा रुपमा भेडाबाख्रा पाल्दै आएका छन् । ब्यवासायिक रुपमा पालिने भेडाबाख्राको मुख्य सारथी कुकुर हो । जंगली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर रहेको चार पुस्तादेखि ब्यवसायिक रुपमा भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउँपालिका–२ साझपानीमा नन्दबहादुर भण्डारीले बताए ।

उनको भेडागोठ हिउदँमा रुईसे छ । चार पुस्तादेखि पाल्दै आएको भेडाबाखा्र गोठको सुरक्षा लागि २ वटा ठुला कुकुर र दुईवटा कुकुर हुर्कदै छन् । अहिल्य ३ सय भन्दा बढी भेडा छन्, कुकुरले जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर बाघ, भालु, चितुवा र स्याल जस्ता जंगली जनावरको चाल थाहा पाएपछि भुकेर गोठालोहरुलाई संकेत गर्ने काम कुकुरको रहेको हुन्छ, उनले भने ।

चारपुस्तादेखि भेडा पाल्दै आएका भण्डारीको गोठको इतिहास एकसय ७ बर्ष भएको छ । महाविरले सुरु गरेको भेडागोठ रोहीतबहादुर, नन्दबहादुर हुदै रामकृष्ण भण्डारीको हातमा आएको छ । भेडागोठबाट चारपुस्ताको घरखर्च चल्दै आएको छ। चारपुस्तासम्मको मुख्य सारथी कुकुर भएको छ, १०७ बर्षको भेडागोठ यात्रा मुख्य हतियार कुकुरनै भएको नन्दबहादुर भण्डारीले बताए ।


त्यस्तै ५३ बर्षदेखि ३सय ५० वटा भन्दा बढी भेडा पाल्दै आएका रघुगंगा गाउँपालिकाका– २ साझपानीका जगतबहादुर भण्डारीले कुकुरकै कारण गोठको दैनिकी सहज र सुरक्षित हुदै आएको बताए । घुम्ती चरणबाट पाल्दै आएका ब्यवासायिक भेडाबाख्रा गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जंगली जनावरको आक्रमणलाई रोक्न कुकुरले जानकारी गराउने गरेको भण्डारीले बताए । यीनको गोठमा अहिल्य २ वटा भोटे कुकुर छन् । घुम्ती चरण गरेर पालिने यीनीहरुको भेडागोठ अहिल्य रघुगंगा गाउँपालिकाको रईसे–भेडिओढारमा छ ।

२०२३ सालबाट ६० वटा भेडा किनेर सुरुवात गरेको जगत भण्डारीले भेडा पाल्न थालेको ५३ बर्ष भयो । उन्को ४५ बर्षिय छोरा यही पेशामा तल्लिन छन् । यी दुई भेडा गोठ घुम्ती चरणका लागि म्याग्दी उपल्लो भाग र मुस्ताङको लेते मुख्य चरण हो । यी दुई जोडा समयमा धौलागिर, अन्नपुर्ण र निलगिरिको हिमालको काखमा रहेको रुईसे भेडिओढारमा गोठ ल्याउने गर्छन ।


रातमा गोठाला सुतिरहेको बेलामा कुकुरले केही जंगली जनावर आएको संकेत गर्ने र सोही सूचनालाई लिएर गोठाला उठेर कराएर भगाउने गरेको भेडागोठाला धनबहादुर विश्वकर्माले बताए । ‘‘रात वा दिनमा भेडा गोठालो र भेडाबाख्रालाई जोगाउने जिम्मा कुकुरको हुन्छ, कुकुर सुतेपनि चरन क्षेत्र वा गोठ वरीपरि आउने बस्तुहरु गन्धले थाहा पाए भुकेर सुरक्षा दिन्छ,” गोठालाले भने ।


घुम्ती चरण गर्दा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउदाँ बाटोमा, विभिन्न अनकान्टर हिमालको फेदीमा चरणका लागि लगेपनि कुकुर विना भेडागोठ जोगाउन ग्राहो हुने भेडा गोठ पालेर जिन्दगी विताएका जगतबहादुरका छोरा गोपाल भण्डारीले बताए । चरण क्षेत्र जंगल हो, जंगलमा बाघ, भालु र चितुवाको संख्या बढिरहेको छ । भेडाबाख्रा जोगाउन खोज्दा कुकुर पनि बाघको शिकार हुने गरेको नन्द बहादुर भण्डारीले बताए । त्यस्तै कुकुरलाई जोगाउन घाटीमा पनि काडेमाला लगाउने गरिएपनि कुकुर बचाउन ग्राहो हुने हुदाँ ३ देखि ४ भन्दा बढी कुकुर आवश्यक हुने बताए । कुकुरलाई भात, खोले लगायतको खानेकुरा पकाएर खुवाईने उनले बताए ।


भेडाबाख्रा पाल्दा दुख बढी हुन्छ, खाजा खाना समयमै हुदैन, कुकुर र गोठालाको निगरानीमा रहेपनि बर्षको ३० देखि ४० भेडाबाख्रा बन्यजन्तुको शिकार हुने गरेको जगतबहादुर भण्डारीले बताए । बर्षभरिको दुख केही सिजनमा भेडाको साड,खशी र बोका बेचेर हुने आम्दानीले भुलाउने गर्छ ।
म्याग्दी जिल्ला पशुपालन मध्य भेडाबाख्रा पालनका लागि पकेट क्षेत्र मानिन्छ । त्यसैले भेडाबाख्रा गोठ संरक्षण गर्नका लागि आधुनिक उपकरण दिनुपर्छ । भेडापालनको मुख्य हतियार कुकुरलाई मात्र हेरेर ब्यवासायिक भेडाबाख्रा पालन जोखिममा परेको देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l